आज राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती
काठमाडौं / रास– राष्ट्रिय एकता दिवस तथा २९६औं पृथ्वी जयन्ती बिहीबार मनाइ“दै छ । जनआन्दोलन–२ पछि सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छोडे पनि नागरिक स्तरमा भने यो दिवस मनाइ“दै आएको छ । सरकारले यस दिन सार्वजनिक बिदासमेत दिएको छ ।
यो वर्ष पनि विभिन्न समूहको आयोजनामा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइ“दै छ । ¥याली, जुलुस, झाँकी, सभासहित दिवस मनाइन लागेकोे हो ।
पृथ्वी जयन्ती समारोह नागरिक समिति, राष्ट्रिय एकता तथा पृथ्वी विचार अभियान, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत पृथ्वी नारायणको स्मरण गर्दै सिंहदरबारअगाडिको शालिकमा माल्यार्पण गर्दै छन् ।
२७ पुस १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले शासनकालमा विभिन्न राज्यमा विभाजित नेपालको भूगोल एक बनाएका थिए । यही योगदानको कदर गर्दै २७ पुसलाई ‘पृथ्वी जयन्ती’का रूपमा मनाइने गरिएको हो ।
Facebook Comments



Leave a comment