अनेरास्ववियू दाङको विवाद उत्कर्षमा
मंगलबार अध्यक्ष विरवल खड्काको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्ष सर्जन परियारलाई साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको भोली पल्टै आज बुधबार उपाध्यक्ष परियारको अध्यक्षतामा बसेको बैठकले अध्यक्षलाई कार्बाही गरेको छ । लामो समय देखि अनेरास्ववियू भित्र विवाद रहँदै आएको थियो ।
बुधबार उपाध्यक्ष सर्जन परियारको अध्यक्षता तथा अनेरास्वीयू राष्ट्रिय परिषद सदस्य पवन आचार्यको प्रमुख आतिथ्यता, अनेरास्वीयू राष्ट्रिय परिषद सदस्य सावित्रा विक र अनेरास्ववियूका पुर्व सचिब चन्दन भण्डारीको विशिष्ठ आतिथ्यतामा बसेको बैठकले अध्यक्ष खड्कालाई संगठनको साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको परियारले बताउनुभयो ।
परियारले कमिटिको बहुमत सदस्यको बैठकले खड्का संगठनको हित विपरित काम गरेको, गुटबन्दी गरेको आरोप लगाउँदै कार्बाही गरेको बताउनुभयो । साथै बैठकले संगठनका कामहरुलाई नियमित बनाउनका लागि नयाँ कमिटि समेत निर्माण गरेको छ । जस्को अध्यक्षमा सर्जन परियार, उपाध्यक्षमा अभिषेक जिएम, सचिबमा विराज डिसी, सहसचिबमा प्रमिला विष्ट र आकाश न्यौपाने र कोषाध्यक्षमा अनुप विएम रहनु भएको छ ।
साथै बैठकले आगामी सनिबार २९ गते पार्टी कार्यालयमा अनेरास्ववियूको भेला गर्ने निर्णय पनि गरेको छ । मंगलबार मात्रै नेकपा एमालेका जिल्ला अध्यक्ष टिकाराम खड्काको प्रमुख आतिथ्यतामा बैठक बसेर विरवल खड्का समुहले अर्जन परियारलाई कार्बाही गर्ने निर्णय गरेको थियो ।



Leave a comment