ताजा अपडेट

सलमान खानलाई ज्यान मार्ने धम्की, रोकियो रेस ३ को सुटिङ

          |   131 Views   |   Published Date : 11th January 2018 |

salman-khan-arrives-court-district-jodhpur-sessions_90cb1d00-f69c-11e7-b42e-2d533d154b0f

पुस २७ –सलमान खानको फिल्म रेस ३ को सुटिङ रोकिएको छ । सुटिङ भइरहेको स्थलमा गई प्रहरीले सुटिङ रोकेर सलमानलाई स्कर्टिङ गरेर मुम्बईको घरसम्म पुर्‍याएका छन् ।

केही दिनअघिबाट नै सलमानलाई बिश्नोई समुदायसँग जोडिएका आपराधिक समूहले ज्यानमार्ने धम्की दिइरहेका थिए । तर उक्त धम्कीलाई सामान्य रुपमा लिँदै रेमो डिसुजाको निर्देशनमा फिल्म ‘ रेस ३’ को यूनिट छायांकनमा व्यस्त थियो ।

बिहीबार प्रहरी स्वयम् फिल्म ‘रेस ३’ को छायांकन स्थलमा गई फिल्मका प्रोड्यूसर रमेश तौरानीलाई सलमान खानलाई खतरा भएको र फिल्मको छायांकन तुरुन्त रोकी सलमानलाई जति सक्दो छिटो घर फर्काउन भनेपश्चात सलमानलाई केही प्रहरीहरुको कडा सुरक्षासहित मुम्बई स्थित उनको घर फर्काइएको छ ।

सलमानलाई १० वर्ष देखि जोधपुरमा हरिण मारेको मुद्धा चलिरहेको छ । हरिण मारेको कारण बताउँदै ग्याङस्टर लरेन्स बिश्नोईले सलमानलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

सलमानलाई प्रहरीले केही दिनका लागि निकै सतर्कता अपनाउनुका साथै सार्वजनिक स्थलमा नजान सल्लाह दिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१