ताजा अपडेट

विमाको महत्व

          |   182 Views   |   Published Date : 11th January 2018 |

सविन प्रियासन

22894543_501999690169020_2704701790234596114_n

केही समय यता विमाको महत्व चौतर्फी बढेको छ । यसलाई बुझ्न र बुझाउन सकेको खण्डमा यसले सबैलाई लाभ गर्दछ । पछिल्लो समय विमाको महत्व यसरी बढेर गएको छ कि हरेक कुरामा विमा गर्नुपर्ने अवस्था विद्यमान छ ।

मानिसको देखि बस्तुहरुको समेत विमा भइरहेको छ । यहाँसम्मकी मानिसको अंगअंगको विमा पनि भइरहेको छ । बस्तुभाउ, खेतीपाति सबैको विमा हुन्छ । विमाको प्रसंगमा कुरा उठाउँदा यसको महत्व संगसंगै विमाको लाभका बारेमा सर्वसाधारणले व्यापक जानकारी नपाउँदा समस्याहरु सिर्जना हुने गरेको छ । विमा अपरिहार्य छ ।

तर विमाको अपरिहार्यतालाई मानिसले स्वतस्फूर्तरुपमा ग्रहण गर्ने भन्दा पनि कँही बाध्य भएर कहि आफन्त, नातागोता, साथीभाइको अनुहार हेरेर विमा गरेको हामीले पाएका छौं । जसले गर्दा विमितले नियमितरुपमा यसबाट लिने लाभ र यसको प्रक्रियालाई आत्मसात गर्दैैन । जसले गर्दा यस्तो कार्यबाट विभिन्न समस्याहरु सिर्जना भएको हामीले देखेका छौं । विमा सबैका लागि लाभ दायक छ ।

तर यस भित्र प्रवेश गर्नका लागि विभिन्न प्रक्रियाहरु पालना गर्नैपर्दछ । दाङमा हजारौं व्यक्तिहरुले विमा गरेका छन् । तर विमा कम्पनीहरुका अनुसार आधा भन्दा बढीले नियमितरुपमा यसको प्रक्रियालाई आत्मसात नगरेको कम्पनीको भनाई छ । जसले गर्दा विमा गरेका धेरै व्यक्तिहरुको रकम त्यतिकै अल्पत्र अवस्थामा छ ।

एकातिर विमाको किस्ता समयमा नबुझाउने, अर्कोतर्फ कदमकदाचित कुनै व्यक्तिको निधन भएपछि विमाले रकम नदिने समस्याहरु बढ्न थालेका छन् । यस्तो अवस्थामा विमाको महत्वलाई बुझाउनका लागि विमा कम्पनीहरुले विशेष कार्यक्रमहरु ल्याउन जरुरी छ भने स्वम विमा गर्ने व्यक्तिहरु पनि यस विषयमा गम्भीर र सम्वेदनशील भएर विमाको महत्वलाई बुझ्नु पर्दछ ।
विमा सबैका लागि आवश्यक छ । विमालाई हरेक नागरिकले गर्ने वातावरण निर्माण गर्ने सवालमा राज्यले पनि आफ्नो तर्फबाट योजना ल्याउनुपर्छ । विगतमा सडक दुर्घटना हुँदा धेरै सास्तीहरु व्यहोर्नु पथ्र्यो । तर जब राज्यले गाडीहरुले थर्ड पार्टी विमा गर्ने पोलिसि बनायो, अहिले सडक दुर्घटना हुँदा अरुले सास्ती व्यहोरेको खवरहरु खासै सुनिएका हुँदैनन् ।

मानिसको विमा गर्ने सवालमा पनि प्रभावकारी योजनाहरुका साथ विमा कम्पनी र राज्यले ठोस कार्ययोजना बनाउन जरुरी छ । मानिसहरुलाई कति बेला के हुन्छ, थाहा छैन । त्यसैले विमाको महत्वलाई आत्मसात गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गरौं । विमाको लाभ प्रसस्त उठाऔं ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१