ताजा अपडेट

भोली घोराहीमा माघी महोत्सब

          |   245 Views   |   Published Date : 11th January 2018 |

tharu-nach3

दाङ, पौष २६ । भोली घोराहीमा हुने माघी महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ । थारु कल्याणकारिणी सभा दाङको आयोजनामा तथा थारु पत्रकार संघ लगायत दर्जनौं थारु संघसस्थाको सहआयोजनामा भोली दाङको सदरमुकाम घोराहीमा हुने हुने माघी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।

महोत्सव मुल आयोजक समितिले घोराहीमा पत्रकार सम्मेलन गरेर महोत्सबको बारेमा जानकारी दिएको हो । मुल आयोजक समितिका संयोजक तेजमान चौधरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएका पत्रकार सम्मेलनमा महोत्सबको सम्पुर्ण तयारी भैसकेको र केहि काम मात्र बाकि रहेको आयोजकले बताएको छ ।


कार्यक्रममा तेजमान चौधरीले महोत्बका लागि मघौटा नाच दर्ता, प्रचार प्रसार, स्टल बुकिङ, अतिथीहरुलाई निमन्त्रणा लगायत काम अन्तिम तयारीमा रहेको बताउनुभयो । महोत्सवमा घोराही उपमहानगरपालिका स्तरिय मघौटा नाचको प्रतियोगिता गरिने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
साँस्कृतिक उपसमितिका संयोजक लक्ष्मीमान चौधरीका अनुसार कम्तिमा पनि ३ दर्जन थारु मघौटा नाचको प्रतियोगिता हुने कार्यक्रम रहेको छ । प्रतियोगितामा प्रथम, दितृय, तृतिय र सान्तवनालाई विशेष पुरस्कार र प्रतियोगितामा भाग लिएका सवै समुहलाई प्रोत्साहन बाफत दुई हजारको राशी सहित सम्मान गरिने महोत्सव मुल आयोजक समितिका सदस्य एवम् आर्थिक उपसमितिका संयोजक केवि चौधरीले जानकारी दिनुभएको छ ।
यसैगरि महोत्सवममा विभिन्न थारु कलाकारहरु आउने भएकाछन् । कलाकार समन्वय उपसमितिका संयोजक सालिकराम चौधरीका अनुसार गायक रोशन रत्गैया, प्रकाश प्रिय कुसुम्या, राजेन्द्र चौधरी, बसन्ती चौधरी, रुपा चौधरी, सनिराम चौधरी र शारदा चौधरी आउने भएकाहुन ।

त्यसैगरि महोत्सवमा दङ्गाली गायक देवेन्द्र बस्नेतको पनि प्रस्तुति रहने कलाकार उपसमितिका संयोजक चौधरीले जानकारीदिनुभएको छ । उहाँको अनुसार महोत्सवमा चर्चित कमडी महेश चौधरी, मोडेल डान्सर रवि चौधरी, अस्मिता चौधरी, ममता चौधरी लगायतको बेजोड प्रस्तुति रहने छ ।
एक दिने चल्ने महोत्सवको मुख्य आकर्षक थारु मघौटा नाच, बर्का नाच, डंगौरा थारु, छोक्रा, हुर्डुङ्ग्या नाच, थारु परिकार घोङघी, माछा, ढिक्री, अन्डीको झोल रहने महोत्सव मुल आयोजक समितिका सदस्य एवम् प्रचारप्रसार उपसमितिका संयोजक सन्तोष दहितले जानकारी दिनुभएको छ । दहितको अनुसार, थारु भेषभुषा, गरगहनाको थारु हस्तकला, थारु भाषाको पुस्तक तथा पत्रत्रिकाहरुको प्रदर्शनी रहने छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१