ताजा अपडेट

फ्राइडे रिलिज : दयाहाङको कमेडीदेखि बलिउड हररसम्म

          |   146 Views   |   Published Date : 11th January 2018 |

maxresdefault

 

शुक्रबार तीन सिनेमा नेपाली पर्दामा रिलिज हुँदैछन् । नेपालको मिस्टर झोले र बटरफ्लाइ । बलिउड सिनेमा १९२१ समेत लाग्दैछ ।

दयाहाङ राई र दीया पुनको मुख्य भूमिका रहेको सिनेमा मिस्टर झोलेलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । मनपराएकी युवती प्राप्त गर्न तीन पुरुष पात्रले गर्नुपरेको मनोवैज्ञानिक र भौतिक संघर्ष फिल्मको कथावस्तु हो ।

प्रियंका कार्की र आर्यन अधिकारी अभिनित सिनेमा बटरफ्लाइलाई ओम प्रतिक गुरुङले निर्देशन गरेका हुन् । रोमान्टिक थ्रीलर फिल्ममा अर्पण थापा समेत छन् । प्रेम प्राप्तीका लागि हुने संघर्ष यसको कथावस्तु हो ।

भारतीय हरर सिनेमा १९२१ लाई विक्रम भाटले निर्माण एवं निर्देशन गरेका हुन् । जरिन खान र करन कुन्द्रा स्टारर सिनेमालाई रिलायन्स इन्टरटेनमेन्टले वितरण गर्दैछ । १९२० फिल्मको यो चौंथो सिरिज हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१