ताजा अपडेट

‘जनताका प्रतिनिधिलाई राज्यले अस्वीकार ग¥यो’ – नेता पोख्रेल

          |   74 Views   |   Published Date : 11th January 2018 |

shankar-pokhrel_5BmBfVDClc दाङ, पौष २६ । नेकपा एमालेका नेता शंकर पोख्रेलले जनताले आफ्नो नेता चुन्दा समेत सरकारले जनप्रतिनिधिलाई नचुन्नु विडम्वना भएको बताउनु भएको छ । नेता पोख्रेलले जनप्रतिनिधिलाई राज्यले अझैं नचिन्नु विडम्वना भएको बताएका हुन ।

रिपोटर्स क्लव नेपाल दाङले बुधवार टरिगाउँ एयरपोर्टमा आयोजना गरेको पत्रकार सम्मलेनमा प्रदेशसभा सदस्य समेत रहेका पोख्रेलले एक महिना वितिसक्दा पनि जनताले चुनेका प्रतिनिधिलाई राज्यसंग जोड्ने कर्तव्य राज्य र निर्वाचन आयोगले पुरा नगर्नु विडम्वना भएको बताउनुभयो । ‘जनताले चुने तर राज्यले अझैं हामीलाई चिनेको छैन यो जनमतको अपमान हो, लोकतन्त्रको विडम्वना हो ।’

नेता पोखरेलले भन्नुभयो । जे वाहाना बाजी गरेपनि कर्तव्य पुरा नगर्ने तर त्यो देखाउने विषय नभएको हुँदा कुनैपनि हालतमा यस्लाई उचित मान्न नसकिने उहाले बताउनुभयो । ‘जिम्मेवारी हस्तान्तरण गर्न छोडी सरकार र निर्वाचन आयोग वाहानामा रमाउनु लोकतन्त्रको विडम्वना हो ।’ नेता पोखरेलले भन्नुभयो ।

बुधबार विहानमात्रै पार्टी एकताको लागि दुई पार्टीका नेतृत्वको बीचमा कार्यदल सहितको महत्वपूर्ण छलफल भएको बताउनुभएका नेता पोखरलेले प्रदेशको केन्द्र तोक्ने काम सरकारको भएको भन्दै त्यसमा कुनै विमत्ति नरहने स्पष्ट पारेको बताउनुभयो । ‘बैठकपछि बाम गठवन्धनका दुबै शिर्ष नेतृत्व र प्रधानमन्त्रीका बीचमा भेट भएको र उहाँहरुले प्रदेश सभाको अस्थायी केन्द्र तोक्दा कुनै विमत्ति नरहेको कुरा स्पष्ट पार्नु भएको छ ।’

उहाले स्थायी राजधानी भने प्रदेशसभाले मात्रै तोक्ने बताउनुभयो । अस्थायी राजधानी तत्काल सरकारले तोक्नुपर्ने बताएका नेता पोख्रेलले त्यस्मा आनाकानी र विलम्व स्वीकार्य नहुने बताउनुभयो । नेपाल सरकारले गठन गरेको कार्यदलले समेत सबैभन्दा कम खर्चमा दाङमा अस्थायी केन्द्र सञ्चालन गर्न सकिने निस्कर्ष सहितको प्रतिवेदन बुझाएको नेता पोख्रेलको भनाई छ । त्यसैलाई आधार मान्दै सरकारले तत्काल प्रदेशको अस्थायी केन्द्र दाङलाई तोक्नुपर्ने उहाले बताउनुभयो ।

दुई पार्टी समायोजनका लागि गठित कार्य दलका सदस्य समते रहेका नेता पोखरलेलले दुई पार्टीको एकता गर्न तीन वटा कुरामा एक रुपता हुन आवश्यक रहेको उहाले बताउनुभयो । सिद्धान्त र कार्यक्रममा एकरुपता, विधि र पद्धतिमा एकरुपता र नेतृत्वको प्रश्नमा समायोजन वा संगठनात्मक व्यवस्थापन जस्ता कुराहरु एकरुपताको आधार बन्न सक्ने उहाले बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१