ताजा अपडेट

घोराहीमा मानवअधिकार अन्तर्क्रिया कार्यक्रम सम्पन्न

          |   202 Views   |   Published Date : 11th January 2018 |

20217413_834233850095021_99482705_n

26793831_834233853428354_296196443_n

दाङ, पौष २७ । मानवअधिकार संरक्षणमा युवाहरुले चासो राखेका छन । नागरिकहरुमा मानवअधिकारको प्रत्याभुति नहुँदा सम्म कुनै पनि विकास र परिवर्तनको कल्पना गर्न नसकिने भन्दै युवाहरुले मानवअधिकार संरक्षणका लागि युवाहरुले आफ्नो भुमिका खोज्नु पर्ने बताए ।

एमनेस्टी ईन्टरनेसशनल संग सम्बन्धीत विभिन्न युवा नेटवर्क गठन गरेर मानवअधिकार संरक्षण र प्रर्बद्धनका लागि काम गर्दै आएका युवाहरुले घोराहीमा अन्र्तक्रिया कार्यक्र समेत गरे ।

जिल्लाका विभिन्न सरोकारवाला निकायका ब्यक्तिहरु संग उनिहरुले मानव अधिकार समाजमा शान्ति र विकासको मुल आधारको रुपमा रहेको भन्दै उनिहरुले कुनै पनि ब्यक्तिले अन्याय र कमजोर महसुस गर्न नपर्ने गरी समाजको विकास गर्न आबस्यक रहेकोमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वसांसद राजु खनालले मानव अधिकार विश्वब्यापी अधिकारको रुपमा रहेको भन्दै यसलाई कसैले रोकेर रोक्न नसक्ने बताउनुभयो । मानवको रुपमा जन्म लिईसके पछि उस्ले सम्मान पुर्वक बाँच्न पाउने अधिकारको रुपमा मानव अधिकार रहेको भन्दै कर्तब्य समेत भुल्न नहुने उहाको भनाई रहेको थियो ।

कार्यक्रममा मानवअधिकारमा युवाहरुको भुमिकाको विषयमा बोल्दै अधिकारकर्मी सुदिप गौतमले सम्मानपुर्वक बाच्न पाउने, आफ्नो विकास गर्न पाउने र स्वतन्त्रता पुर्वक जीवनयापन गर्न पाउने अधिकार हरेक मानिस संग रहेको बताउनुभयो । आफ्नो अधिकार प्रयोग गर्ने नाममा अर्काको अधिकारलाई कुण्ठित पार्ने अधिकार कसै संग नभएको उहाले प्रष्ट पार्नुभयो ।

यस्तै मानवअधिकार सञ्जालका अध्यक्ष केशबकुमार शर्माले मानव अधिकार संग जोडिएका धेरै विषयहरु भएको भन्दै समाजलार्ई शान्तिपुर्ण र परिवर्तनशील बनाउनका लागि समाजका हरेक मानिसले न्याय र अधिकार सम्पन्न भएको महसुस गर्न आबस्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले मानवअधिकारले हरेक ब्यक्तिलाई आफ्नो विकास र सक्षम बन्न पाउनु पर्ने अधिकार स्थापित गरेको बताउनुभयो । मानव अधिकार कसैलाई धेरै र कसैलाई थोरै हुन नहुने भन्दै प्रियासनले प्रत्येक मानिसको अस्तित्व जोगाई राख्न आबस्यक रहेको बताउनुभयो ।

कार्यक्रममा एम्नेष्टि ईन्टरनेसनलका केन्द्रि सदस्य विपिन बुढाथोकीले संसारमा धेरै मानिसहरु अधिकार प्राप्त गर्नबाट बन्चित रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा एम्नेष्टि ईन्टरनेष्नलका पुर्वकेन्द्रिय सदस्य प्रमोदकुमार न्यौपाने, युवा अभियान्ता नवीन अभिलाषी, नेपाली काँग्रेसका युवा नेता दिपक पाण्डे, नेविसंघका कुलराज खनाल लगाएतले बोल्नु भएको थियो । बसन्त लम्सालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण केवि चौधरीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१