ताजा अपडेट

गौचन हत्यामा सघाउने थप तीनजना पक्राउ

          |   251 Views   |   Published Date : 11th January 2018 |

sarad_nlk79jcn1c_dqpfY8ha1W

  पुस २७, २०७४ काठमाडौ : निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उदयपुरका राजकुमार शाह, काठमाडौंका सुर्य बाजी र सिरहाका श्याम गुप्ता रहेको महागनगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रामदत्त जोशीले जानकारी दिए।  हत्यामा संगल्नहरुलाई सहयोग गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो।

जोशीले भने, ‘कोहीले मोबाइल सीम कार्ड प्रयोग गर्न दिएको, कोही आर्थिक लेनदेनमा संलग्न भएको देखिएकोले पक्राउ गरेका हौं।’ यसअघि प्रहरीले गौचन हत्यामा संलग्न मुख्य आरोपी सहित ७ जनालाई पक्राउ गरिसकेको छ।

गौचनको गत असोज २३ गते काठमाडौंको बानेश्वरस्थित खरीबोटमा गोली हानी हत्या गरिएको थियो।

 

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१