ताजा अपडेट

अनेरास्ववियू दाङको विवाद उत्कर्षमा

          |   134 Views   |   Published Date : 11th January 2018 |

student-660x330

दाङ, पौष २६ । नेकपा एमालेको विद्यार्थी संठगन अनेरास्ववियू दाङ भित्रको विवाद चुलिएको छ । अध्यक्ष विरवल खड्का र उपाध्यक्ष सर्जन परियार विचको विवाद अहिले एक अर्कालाई कार्बाही गर्ने सम्म पुगेको छ ।

मंगलबार अध्यक्ष विरवल खड्काको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्ष सर्जन परियारलाई साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको भोली पल्टै आज बुधबार उपाध्यक्ष परियारको अध्यक्षतामा बसेको बैठकले अध्यक्षलाई कार्बाही गरेको छ । लामो समय देखि अनेरास्ववियू भित्र विवाद रहँदै आएको थियो ।
बुधबार उपाध्यक्ष सर्जन परियारको अध्यक्षता तथा अनेरास्वीयू राष्ट्रिय परिषद सदस्य पवन आचार्यको प्रमुख आतिथ्यता, अनेरास्वीयू राष्ट्रिय परिषद सदस्य सावित्रा विक र अनेरास्ववियूका पुर्व सचिब चन्दन भण्डारीको विशिष्ठ आतिथ्यतामा बसेको बैठकले अध्यक्ष खड्कालाई संगठनको साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको परियारले बताउनुभयो ।
परियारले कमिटिको बहुमत सदस्यको बैठकले खड्का संगठनको हित विपरित काम गरेको, गुटबन्दी गरेको आरोप लगाउँदै कार्बाही गरेको बताउनुभयो । साथै बैठकले संगठनका कामहरुलाई नियमित बनाउनका लागि नयाँ कमिटि समेत निर्माण गरेको छ । जस्को अध्यक्षमा सर्जन परियार, उपाध्यक्षमा अभिषेक जिएम, सचिबमा विराज डिसी, सहसचिबमा प्रमिला विष्ट र आकाश न्यौपाने र कोषाध्यक्षमा अनुप विएम रहनु भएको छ ।
साथै बैठकले आगामी सनिबार २९ गते पार्टी कार्यालयमा अनेरास्ववियूको भेला गर्ने निर्णय पनि गरेको छ । मंगलबार मात्रै नेकपा एमालेका जिल्ला अध्यक्ष टिकाराम खड्काको प्रमुख आतिथ्यतामा बैठक बसेर विरवल खड्का समुहले अर्जन परियारलाई कार्बाही गर्ने निर्णय गरेको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१