ताजा अपडेट

सुन जस्तो सोँच

          |   171 Views   |   Published Date : 10th January 2018 |

(धु्रवकुमार गहतराज)
नेपाल सुनचाँदि व्यवसायी महासंघका केन्द्रिय सदस्य

नवीन अभिलाषी   > धु्रवकुमार गहतराजले थाहा पाउने भए देखि परिवारको पेसा सुनचाँदिको कारोबार हो । सुनचाँदिको व्यवसाय गहतराजको रगत रगतमा छ । उहा आफैले ३० वर्षदेखि सुनचाँदिको व्यवसाय गर्दै आउनु भएको छ । ३० वर्ष सानो समय हैन, आधा जीवन सुनचाँदिमै दिनु भएका गहतराज दाङ भित्रिएको पनि ३० वर्ष जति नै भएको छ ।

२०२८ साल साउनको १७ गते जन्मिनु भएका गहतराज ४६ वर्षको उमेरमा हुनुहुन्छ । पाल्पामा जन्मिनुभएका धु्रवकुमारको पढाई पाल्पामै भयो । एसएलसी सम्मको अध्ययन पछि उहाको बाकि अध्ययन अगाडी बढ्न सकेनन् । त्यस्का अनेक पाटोहरु छन् । उहाले थाहा पाउने भएदेखि नै परिवारको व्यवसाय भन्नु नै सुन थियो । उहाले बुवाले पनि राम्रै पसल सञ्चालन गरिरहनु भएको थियो । ‘मैले थाहा पाउने भए देखि नै परिवारको पेसा सुनचाँदिको व्यवसाय हो । मेरो बुवाले राम्रै पसल सञ्चालन गरिरहनु भएको थियो ।’ आफन्तहरुको सहयोग र साथका कारण उहाले २०४४ सालमा दाङमा आएर व्यवसाय सुरु गर्नुभयो ।

धु्रवकुमारका लागि ४४ साल जीवनकै महत्वपुर्ण घुम्ती हो । त्यो वर्ष उहाले जीवनका अति नै महत्वपुर्ण कामहरु सुरुवात गर्नुभएको थियो । पहिलो थियो दाङमा औपचारिक रुपले भित्रिनु, दोस्रो दाङमा आफ्नो पुख्यौली व्यवसाय सञ्चालन गर्नु र तेस्रो कुरा विवाह । २०४४ साल मै गुल्मीबाट विवाह गर्नुभएका गहतराजको दुई छोरा र एक छोरी हुनुहुन्छ ।

सुनचाँदिको व्यवसाय आफैमा चुनौती र असुरक्षित व्यवसाय पनि हो । ‘घोराहीमा त्यस्तो असुरक्षा छैन । निर्वाध रुपमा काम भैरहेको छ । तर गाह्रो विषय त अबस्य नै छ ।’ गहतराज भन्नुहुन्छ ‘अहिले एक साता देखि १५ दिनको विचमा एक किलो सुन जिल्लामा कारोबार हुन्छ । यो भनेको ठिकै हो ।’

दङालीहरु कति शौखिन छन गहना प्रति ? यो सबैको चासोको विषय हो । गहना मानिसको हैसियत संकेत गर्ने विम्व पनि हो । नेपाली समाजले गहना हेरेर मानिसको स्तर र हैसियत मापन गर्दै आएको छ । त्यसकारण पनि मानिसहरुमा गहना प्रतिको चासो र आकर्षण कम छैन । बरु झन झन बढ्दै गैरहेको छ । त्यो दाङमा पनि देख्न सकिन्छ । त्यति मात्र हैन गहना पनि पछिल्लो डिजाईनका बढि खोज्नेहरु पनि छन् ।

‘बुटवल, भैरहवा लगाएतका शहर भन्दा दाङमा सुनको कारोबार कम छ । तर त्यति कम हैन । पहाडी जिल्लाहरुमा भन्दा दाङमा बढि देखिन्छ सुनको कारोबार ।’ गहतराज भन्नुहुन्छ ‘सुनलाई अहिले गहनाको रुपमा लगाउने मात्र हैन, यसको प्रयोग गरेर आर्थिक कारोबार समेत हुन्छ ।’ सुनलाई अहिले गहना बनाएर मात्र हैन आर्थिक कारोबारका लागि प्रयोग समेत गरिन्छ । पहिले पहिले बैंकमा जग्गा राखेर ऋण लिने गरिन्थ्यो भने अहिले जग्गाको ठाउँमा सुन राखेर ऋण लिनेहरुको कमि छैन । जग्गा राख्दा झन्जन हुने, ढिलो हुने लगाएतका कारणले अहिले सुनको प्रयोग बढेको हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१