ताजा अपडेट

माघी महोत्सवमा मघौटा नाँच र थारु परिकार मुख्य आकर्षण

          |   369 Views   |   Published Date : 10th January 2018 |

tharu-nach3

दाङ, पौष २५ । । थारु कल्याणकारिणी सभा दाङको आयोजनामा तथा थारु पत्रकार संघ लगायत दर्जनौं थारु संघसस्थाको सहआयोजनामा यहि पौष २८ गते दाङको सदरमुकाम घोराहीमा हुन गइरहेको माघी महोत्सवको तयारी तिव्रता दिइएको छ ।

महोत्सव मुल आयोजक समितिका संयोजक तेजमान चौधरीको अनुसार ७० प्रतिशत तयारी भएको जानकारी दिनुभएको छ ।

उहाँको अनुसार मघौटा नाच दर्ता, प्रचार प्रसार, स्टल बुकिङ, अतिथीहरुलाई निमन्त्रणा लगायत कामको अन्तिम तयारी भएको छ । यसैगरि माघी महोत्सवमा घोराही उपमहानगरपालिका स्तरिय मघौटा नाचको प्रतियोगिता गरिने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ । साँस्कृतिक उपसमितिका संयोजक लक्ष्मीमान चौधरीका अनुसार कम्तिमा पनि ३ दर्जन थारु मघौटा नाचको प्रतियोगिता हुने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा प्रथम, दितृय, तृतिय र सान्तवनालाई विशेष पुरस्कार र प्रतियोगितामा भाग लिएका सवै समुहलाई प्रोत्साहन बाफत दुई हजारको राशी सहित सम्मान गरिने महोत्सव मुल आयोजक समितिका सदस्य एवम् आर्थिक उपसमितिका संयोजक केवि चौधरीले जानकारी दिनुभएको छ ।

यसैगरि महोत्सवममा विभिन्न थारु कलाकारहरु आउने भएकाछन् । कलाकार समन्वय उपसमितिका संयोजक सालिकराम चौधरीका अनुसार गायक रोशन रत्गैया, प्रकाश प्रिय कुसुम्या, राजेन्द्र चौधरी, बसन्ती चौधरी, रुपा चौधरी, सनिराम चौधरी र शारदा चौधरी आउने भएकाहुन । त्यसैगरि महोत्सवमा दङ्गाली गायक देवेन्द्र बस्नेतको पनि प्रस्तुति रहने कलाकार उपसमितिका संयोजक चौधरीले जानकारीदिनुभएको छ ।

उहाँको अनुसार महोत्सवमा चर्चित कमडी महेश चौधरी, मोडेल डान्सर रवि चौधरी, अस्मिता चौधरी, ममता चौधरी लगायतको बेजोड प्रस्तुति रहने छ ।

एक दिने चल्ने महोत्सवको मुख्य आकर्षक थारु मघौटा नाच, बर्का नाच, थारु परिकार घोङघी, माछा, ढिक्री, अन्डीको झोल रहने महोत्सव मुल आयोजक समितिका सदस्य एवम् प्रचारप्रसार उपसमितिका संयोजक सन्तोष दहितले जानकारी दिनुभएको छ । दहितको अनुसार डंगौरा थारु, छोक्रा, हुर्डुङ्ग्या नाचको पनि प्रस्तुति गर्ने कार्यक्रम रहेको छ ।

यसैविच महोत्सवको तयारी तथा महोत्सवको उद्देश्यको बारेमा बुधबार दिउसो २ बेज नेपाल पत्रकार महासंघको हलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार समितिका संयोजक दहितले जानकारी दिनुभएको छ । पत्रकार सम्मेलनमा सम्पुर्ण सञ्चारकर्मी, सरोकारवालाहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१