ताजा अपडेट

अनेरास्ववियुका उपाध्यक्ष परियारलाई कारवाही

          |   281 Views   |   Published Date : 10th January 2018 |

mnnnbbb

दाङ, पौष २५ । नेकपा एमाले निकटको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनका जिल्ला उपाध्यक्ष सर्जन परियार कारवाही परेका छन् ।

मंगलवार अनेरास्ववियुको जिल्ला अध्यक्ष बिरबल खड्को अध्यक्षता र एमाले दाङका अध्यक्ष टीकाराम खड्काको प्रमुख आथित्य र अनेरास्ववियुका जिल्ला इञ्चार्ज विनोद भण्डारीको विशिष्ट आथित्यमा बसेको बैठले परियारलाई अनेरास्ववियुको साधारण सदस्य समेत नरहनेगरि कारवाही गरेको छ ।

तुलसीपुरमा बसेको बैठकले परियारले केही दिन अघि मात्रै आफ्नै संगठनका अध्यक्ष खड्कामाथि सांघातिक आक्रमण गरेका थिए । उक्त सवाललाई लिएर पुस १९ र २० गतेसम्म चलेको अनेरास्ववियुको पूर्ण वैठकले परियारसंग स्पष्टिकरण सोधेको थियो । उक्त बैठक एमालेका उपसचिव एवं मोर्चा संगठन विभाग प्रमुख सुरामणी बेलबासे, अनेरास्ववियुका इञ्चार्ज पवन रिजाल लगाएतका नेताको उपस्थितिमा परियारसंग स्पष्टिकरण सोधिएको थियो ।

तर परियारले चित्तबुझ्दो स्पष्टिकरण नदिएपछि परियारमाथि कारवाहीको लागि सचिवालयलाई जिम्मेवारी तोकिएको थियो । यसैबीच अनेरास्ववियुले अराजकता प्रदर्शन गरेको, संगठनका विरुद्ध समानान्तर गतिविधि गरेको भन्दै अनेरास्ववियुका गणेश खड्का र दिवश क्षेत्रीलाई पनि साधराण सदस्य नरहनेगरि कारवाही गरेको जानकारी दिएको छ । यसैबीच मंगलवारको बैठकले आगामी बैठकवाट आयोजक कमिटी गठन गरि सम्मेलनको तयारी गर्ने निर्णय पारित गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१