ताजा अपडेट

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि दाङबाट शिरुजंग र रितु छनौट

          |   215 Views   |   Published Date : 9th January 2018 |

ida

दाङ, पौष २५ । राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि दाङबाट दुई जना महिला खेलाडीहरु छनौट भएका छन । ब्याडमन्टिन खेलको राष्ट्रिय प्रतियोगिताका लागि पहिलो पटक दाङबाट खेलाडीहरु छनौट भएका हुन् ।

पौष २३ र २४ गते नेपालगंजमा भएको छनौट प्रतियोगितामा घोराहीका सिरुजंग जिएम र रितु लिगल छनौट भएको घोराही ब्याडमिन्टन क्बलले जानकारी दिएको छ । जिल्लाबाट प्रतियोगितामा ४ पुरुष र दुई महिला सहभागि भएका थिए ।

माघ २ गते देखि ६ गते सम्म महेन्द्रनगर कञ्चनपुरमा हुने खेलका लागि दाङबाट पहिलो पटक खेलाडी छनौट भएकोमा क्लबले खुशी ब्यक्त गरेको छ । ब्याडमिन्टन प्रशिक्षक संजिव श्रेष्ठले राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि दाङबाट पहिलो पटक खेलाडी छनौट भएको भन्दै खुशी ब्यक्त गर्नुभयो ।

विभिन्न खेल क्षेत्रमा दाङबाट राम्रो प्रस्तुती रहँदै आएकोमा यो पटक ब्याडमिन्टन खेल प्रतियोगिताका लागि पनि दूई जना महिला खेलाडीहरु छनौट भएको र यो सम्पुर्ण दाङबासीहरुको लागि खुशीको कुरा रहेको उहाको भनाई थियो । राष्ट्रिय प्रतियोगितामा समेत खेलाडीहरुले राम्रो प्रस्तुती दिने गरी तयारी समेत भैरहेको उहाले जानकारी दिनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१