ताजा अपडेट

महोत्सवको महत्व

          |   154 Views   |   Published Date : 9th January 2018 |

      सविन प्रियासन

26165193_526766657692323_4423760306136088042_n

  पछिल्लो समय दाङ जिल्ला महोत्सवमय बन्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा सामाजिक उदेश्य राखेर महोत्सवहरु भइरहेका छन् । कतिपय महोत्सव सम्पन्न भइसकेका छन भने कतै लाग्दैछन ।

भालुवाङमा कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापारीक महोत्सव यही पुस २८ गते देखि हुन लागि रहेको छ । यहाँको आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सवहरुले सहयोगी भुमिका खेल्ने गर्दछन् । कृषि उत्पादनलाई बजारीकरण गर्न महोत्सवलाई केन्द्रित गर्न जरुरी छ । त्यससंगै सचेतनामुलक कार्यक्रमलाई पनि महोत्सवमा महत्वका साथ सञ्चालन गर्नुपर्छ ।

महोत्सवहरु त विगतमा पनि लाग्ने गरेका थिए । ति महोत्सव मध्य कतिले राम्रो परिणाम पनि दिने गरेका छन भने कतिपय महोत्सव

निरर्थक भएका छन् । हामीले विगतमा गरेका महोत्सवहरुको समीक्षा गर्दै नयाँ कामलाई कसरी सफल बनाउने भन्ने सोच्न जरुरी छ । महोत्सव लगाउँदा आउने विभिन्न आरोपहरुलाई समीक्षा गर्दै सवैले अझ कसरी शशक्त र प्रभावकारी बनाउने भन्ने आयोजकले योजना बनाउनुपर्छ । महोत्सव लगाउनु धेरै चुनौती छन भन्ने कुरा सर्वविविदै छ । चुनौतिका बाबजुद पनि आफ्ना समाजका अगाडि राखेका उद्देश्य त पूरा गर्नुपर्छ नै । काम गर्ने सवैको उत्तरदायित्व हुन्छन नै ।
कर्तव्य र उत्तरदायित्व एक सिक्काका दुई पाटा हुन । हामीले कर्तव्य र जिम्मेवारीलाई बराबर रुपमा बुझन जरुरी छ । यसो गर्दा सवै सफल हुन्छाँै । आयोजकले गरेका राम्रा कामहरु छदैछन् भने आयोजकका अप्ठ्यारा पनि सवैले बुझिदिन जरुरी छ । तर त्यो भन्दैमा आयोजकले जुन उद्देश्य राखेर महोत्सव सञ्चालन गरेका छन त्यो उद्देश्य भुल्न मिल्दैन । जवसम्म जवाफदेहिता, पारदर्शिता र उत्तरदायित्व महशुस गरेर काम गरिन्छ त्यो काम सफल नै हुन्छ । यसमा आयोजक पक्ष दृढताका साथ लाग्नुपर्ने हुन्छ ।

त्यसकारण सानातिना गल्ति त हुनसक्छन नै तर जतिसक्यो महोत्सवलाई सफल र परिणाममुखि बनाउन आयोजकले ध्यान दिन जरुरी छ । जिल्लाका विभिन्न सरोकारवाला संघ संस्थासंग समन्वय गरेर महोत्सवलाई सफल बनाउन आयोजक पक्ष लागिपर्नुपर्ने हुन्छ ।
महोत्सवका विभिन्न उद्देश्य हुन्छन त्यो उेद्दश्य भने कसैले भुल्न हुँदैन । आफूले जे उद्देश्य राखिएको हो त्यो उद्देश्यलाई पूरा गरेपछि सामाजिक उत्तरदायित्व पुरा हुन्छ । त्यतिमात्र हैन हामीले लगाउने महोत्सवलाई जतिसक्यो परिणाममुखी बनाउनुपर्छ । हामीले राखेका उद्देश्य एउटा ठाउँमा छन हामीले गरेको काम सामाजका लागि कति कति परिणाम मुखि छन भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

हामीले समाजका लागि पनि केहि गर्नुपर्छ । महोत्सव गर्दा धेरैलाई आरोप लाग्ने गरेको कुरा के हो भने स्थानीय कला संस्कृति, साहित्य, स्थानीय कलाकार, साहित्यकारलाई र स्थानीय अन्य प्रतिभालाई व्यवास्ता गर्छन भन्ने छ । धेरै महोत्सवलाई हेर्दा त्यो पनि आरोप केहि हदसम्म सहि पनि छ । हाम्रो महोत्सवमा स्थानीय कला, साहित्य, संस्कृतिको संरक्षण होस, स्थानीय स्तरमा केहि न केहि विकास होस भन्ने कुरा भुल्नुहुँदैन ।

महोत्सव लाग्नु जसरी गौरवको कुरा छ त्यसले दिने सन्देश, त्यसले दिने परिणाम पनि गौरवमय हुन जरुरी छ । सवै महोत्सव परिणाममुखी हुन, सवै महोत्सवले दाङको गौरव बढाउन र सवै आयोजकले गर्व गर्न पाउँ, दाङमा हुने महोत्सव हामी सवैको महोत्सव हुन सकोस यहि हाम्रो गौरव हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१