ताजा अपडेट

गणतन्त्रको ११औं वर्ष प्रवेश र वार्षिकोत्सवको सन्दर्भ

          |   121 Views   |   Published Date : 9th January 2018 |

लेख:  लालमणी पौडेल पौष महिना भएकाले पनि जाडो निकै थियो । साँझको करीव साढेसात वजेको थियो होला । खाली समयमा केहीन केही लेख्ने वानीले गर्दा म लेखन कार्य मै बेस्त थिंए । मेरो दिन चर्या नै त्यही ढंगले वित्ने गरेको छ ।

अध्ययन र लेखन मेरा रथका दुई पाँग्रा जस्तै वनेकाछन् । धेरै मानिसहरु खाली समयमा सडक तिर विताउने गर्दछन् । मलाई सडक तिर घुम्न धेरै मन पर्दैन । त्यसो भन्दैमा सडक यात्रा नगर्ने भनेको पनि होईन । तर पनि फुर्सदको समयमा लेख्नु, पढ्नु र समाचार सुन्नमा नै मैले आफूलाई अभ्यस्त गरिसकेको छु ।

प्रायसः जे बानी बस्यो त्यस्तै प्रकृतिमा मान्छेले आफूलाई रुपान्तरण गर्ने गर्दछन् । मोवाईल फोनमा घण्टी आउँछ र मेरो यात्रालाई विथोल्छ भनेर फोन साईलेण्टमा राखेको थिंए र चार्जमा पनि । आफूले आरम्भ गरेको काम रातीको दश वजे सकियो । सुत्ने वेला पनि भई रहेको थियो । रातीमा निद्रा खुल्दा कति वजेको रहेछ भनेर जान्नका लागि मैले सुत्ने वेलामा मोवाईल फोन सिरानीमै राख्ने गरेको छु ।
समय हेर्नका लागि पनि मोवाईल असाध्यै सजिलो वस्तु ठानेको छु मैले । सायद मलाई मात्र होईन प्रायसः सवैलाई समय जान्नका लागि यसले सजिलो वनाएको हुनुपर्दछ जस्तो लाग्दछ । दश वजे तिर मोवाईल हेरें । मोवाइलमा चार वटा कल आएको रहेछ । ति मध्ये तीन कल गणतन्त्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक टीका सरको थियो । मैले वहाँलाई कलव्याक गर्न खोंजे । मेरो मोवाइलमा रहेको न्यून व्यालेन्सले कल निषेध गरेको जानकारी गरायो ।

फोनमा कुरा गर्न असम्भव भएको कुरा त्यही मोवाईल वाटै जानकारी भयो । रातीको समय रहेकाले म संग कल्पना गर्ने वाहेक अरु केही उपाय भएन । मलाई लाग्यो सायद भोलिका लागि केही लेखन सामग्रि पठाउन सकिन्छ कि ? भनेर फोन गरेको हुनु पर्छ वहाँले । फेरि एकैछिनमा सोंचे भोलि त मंगलवार होईन । मंगलवार मेरो स्तम्भ समय(सन्दर्भ को पालो थियो । तर त्यो दिन मंगलवार पनि थिएन ।

भोलीको त्यो दिन त पुषको १६ गते आईतवार थियो । मेरो स्तम्भका लागि छुट्याईएको दिन नभएकाले मैले गरेको कल्पनाको सन्दर्भ पनि मिलेन । क्षणभरको सोंचाई थियो यो । अर्को दिन विहानै सात वजेतिर मैले मोवाईलमा व्यालेन्स राखेर कल व्याक गर्न खोजेकै थिएँ फोन आईहाल्यो ।
मैले फोन रिसिभ गरें । टिका सरकै फोन रहेछ । वहाँले त्यो फोन मार्फत धेरै खुसिको कुरो सुनाउनु भयो । वहाँले भन्नु भयो “सर कता हुनुुन्छ ?, मैले भने म घरमै छु सर, वहाँले कुरो खोल्नु भयो; सर ! आज गणतन्त्र राष्ट्रिय दैनिक पत्रिकाको ११ औं वार्षिकोत्सव समारोहको आयोजना घोराहीमा गरिएको छ । उक्त वार्षिकोत्सव समारोहमा हजुरलाई स्तम्भकारको रुपमा विशेष सम्मान गर्ने कार्यक्रम राखेका छौं ।

आज दिनको १२ वजे देखि कार्यक्रम आरम्भ हुँदै छ । प्रमुख अतिथिका रुपमा माननीय सांसद क. शंकर पोख्रेलज्यू दाङ आई सक्नु भएको छ । उक्त कार्यक्रममा सर आईदिनु पर्ला । मैले सरलाई कार्यक्रममा निमन्त्रणा गरें भन्नु; भयो । टीका सरको कुराले मलाई उत्साहित तुल्यायो । मैले विगत र वर्तमानका सवै कुराहरु मनमा खेलाऐं । समयको गति निकै नै वलियो हुँदो रहेछ भन्ने लाग्यो ।

मैले दाङ वाट प्रकाशित हुने त्यो बेलाको एकमात्र पत्रिका नयाँ युगवोध राष्टिूय दैनिक बाट २०४८ साल देखि स्तम्भ लेखन कार्य गरेको स्मरण गरें । म त्यतिवेला गुल्मी जिल्लामा विश्वविद्यालयको सेवामा थिऐं । यातायात र सञ्चारको असुविधाले लेखन सामग्रि प्रेस सम्म पु¥याउन निकै कठिन थियो । तै पनि ढिलो चाँडो जे जसरी भए पनि लेख्ने र पु¥याउने कोशिष गर्दै गऐं । २०६० तिर दाङ आई सकेपछि मेरो स्तम्भ लेखन कार्यले निरन्तरता पायो ।
२०६३ को ऐतिहासिक जनआन्दोलनको सफलता संगै दाङमा गणतन्त्र राष्ट्रिय दैनिक पत्रिका प्रकाशन आरम्भ भयो । पत्रिकाको प्रकाशन आरम्भ हुनु पूर्व केही साथिहरुले मलाई पनि संलग्नताका लागि कुरो राख्नु भएको थियो । मेरो वसाई गाउँमा भएकाले घोराही सम्म नियमित रुपमा पुग्न र त्यहाँको समग्र विषय वस्तुको जानकारी लिन अलि कठिन हुने देखेर सहभागिता जनाउन सकिन । तमाम बुद्धिजीबीहरुको सहभागितामा पत्रिकाको प्रकाशन कार्यले सफलता पाउँछ नै भन्ने मलाई पनि लागेको थियो । संघीय गणतन्त्रको स्थापना संगसंगै गणतन्त्र राष्ट्रिय दैनिकले अफ्नो प्रकाशन कार्यलाई निरन्तरता दिईरहेको छ । बेवस्थापकीय पक्ष पनि सवल वन्दैछ ।
सार र रुपमा समयानुसार सुधारिदै जानु समयको माग पनि हो । समयको माग संगै बेवस्थित, सवल र सक्षम रहने कुरामा सम्पादक तथा प्रकाशक सविन प्रियाशन आफै जानकार हुनुहुन्छ । वहाँले यो चुनौतिपूर्ण कार्यको बेवस्थापन गर्दै जानु भएको छ र अँझै बेवस्थित हुने कुरामा हामी आषावादी छौं । दाङको पत्रकारिताको ईतिहासमा पत्रिकाको प्रकाशन र सम्पादन गर्ने कार्य त्यति सहज देखिदैन ।

तर पनि सूचनाका माध्मवाट जनता समक्ष चेतना फैलाउने कार्यमा लागि परेका दङाली पत्रकारहरु, लेखक तथा स्तम्भकारहरु र दाङको पत्रकारिता जगतको भूमिका महत्वपूर्ण देखिएको छ । गणतन्त्र राष्ट्रिय दैनिक पत्रिकाको ११औं वार्षिकोत्सव एउटा भव्य समारोहको विच सुरु भयो । मानीय प्रदेश सभासदस्य क. शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा बिशिष्ठ अतिथिहरु प्रतिनिधि सभा सदस्य हिराचन्द्र के.सी., प्रदेश सभा सदस्य रेवती रमण शर्मा, उत्तर कुमार वली, पार्टीका पोलिटव्यूरो सदस्य क. भागवत विश्वासी, जिल्ला कमिटीका अध्यक्ष क. टीकाराम खड्का मेयरहरु नरुलाल चौधरी र घनश्याम पाण्डे, वरिष्ठ पत्रकार तथा साहित्यकार गुरु नारायणप्रसाद शर्मा तथा पत्रकार, शिक्षक, बुद्धिजीवी, विद्यार्थि, उद्योगि, व्यापारी, गणतन्त्र पत्रिकाका संस्थापक, विभिन्न राजनैतिक दलका नेताहरु र संघ(संङ्गठनका प्रतिनिधीहरु सवैको सहभागिताले कार्यक्रमको उचाई निकै माथि उठेको देखिन्थ्यो ।

 

गणतन्त्र राष्ट्रिय दैनिकले आफ्नो ११औं वार्षिकोत्सवको मौका छोपेर स्तम्भकारहरुको सम्मानको कार्यक्रमले पत्रिकको उँचाई थपिएको र स्तम्भकारहरुलाई अझ वढी जिम्मेवार वनाएको जस्तो लाग्यो ।
हामी स्तम्भकारहरुले यो सम्मान लाई लेखकीय मर्यादा र लेखकश्व (द्रव्य) भन्दा कैयौं गुणा उँचो ठानेका छौं । श्रीमद्भागवत गीतामा भनिएको छ “कर्म गर फलको आषा नगर,, । तात्पर्य; कर्म गर्दा अवश्य फल प्राप्त हुन्छ भनिएको हो । यसर्थमा पनि विचारका माध्यमवाट चेतना फैलाउने उद्येश्यले स्तम्भ लेखन कार्य गर्दै जाँदाका धेरै वसन्तहरु पार गर्दा गणतन्त्र राष्ट्रिय दैनिक पत्रिकाले आज सम्मानित हुने अवसर जुराएको छ । यो सुअवसरले कलमका डोवहरुमा अँझ निखार आउने छन् भन्ने लागेको छ । निकै नै उत्साहका साथ गणतन्त्र राष्ट्रिय दैनिक पत्रिकाको ११औं वार्षिकोत्सव सुसम्पन्न भयो ।

अपांगता भएका वालवालिकालाई न्यानो कपडा र शैक्षिक सामग्रि वितरण गर्ने र गणतन्त्र राष्ट्रिय दैनिक पत्रिकाको बेवस्थापकीय कार्यमा संलग्न राम्रो काम गर्ने सदस्यहरुलाई पुरस्कृत गरी उत्साह थप्ने काम निकै नै प्रसंशा योग्य थिए । राम्रो कामको आरम्भ राम्रो दिन वाट भएको छ । पक्कै पनि यसले नयाँ सन्देश प्रवाह गर्ने छ र पत्रिकाले नयाँ उँचाई ग्रहण गर्ने छ ।

अन्तमा, गणतन्त्र राष्ट्रिय दैनिक परिवार लाई धन्यवाद दिन चाहान्छु । पत्रिकाले सवैमा उत्साहप्रद चेतना फैलाउन सकोस् ! शुभकामना दिन चाहान्छु । अस्तु ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१