योजना प्रभावकारी बनाउन तालिम
दाङ, पौष २३ । दाङको घोराही उपमहानगरपालिका वडा नम्वर ६ ले आर्थिक वर्ष २०७४÷७५ सालमा सञ्चालन गर्ने योजना तथा कार्यक्रमका लागी गठन भएका उपभोक्ता समितिका पदाधीकारीलाई योजना सञ्चालन प्रक्रिया सम्वन्धि तालिम दिन थालेको छ ।
योजना कार्यान्वयनका क्रममा आईपर्ने बिभिन्न समस्यालाई मध्यनजर राखी वडाका ३० बढि योजनाका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई तालिम दिन थालिएको छ । वडा नम्वर ६ का अध्यक्ष रेवबहादुर बुढाथोकीको अध्यक्षतामा भएको तालिममा योजना छनौट प्रक्रिया, लैंगिक तथा सामाजिक समाबेशीकरण बजेट, योजना सम्झौता, खाता सञ्चालन, डोर हाजिर तथा भरभाई बनाउने तरिका, सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई लगायतका बिषयमा प्रशिक्षण दिइने छ ।
तालिम उद्घाटन कार्यक्रममा वडा अध्यक्ष रेवबहादुर बुढाथोकी, सदस्य केशवराज बि.सी, वडा सचिव टेकबहादुर खड्का लगायतले बोल्नुभएको थियो । तालिमको सहजीकरण टेकबहादुर खड्का, बिश्वराज चौधरी र बिमल योगीले गर्नुभएको छ ।
Facebook Comments



Leave a comment