सल्यान, पौष २३ । घरेलु तथा साना उद्योग विकास समिती सल्यानले सम्बन्धीत स्थानीय तहसंगको संयुक्त आयोजनामा जिल्लाभर उद्यमशिलता विकास तालिम सञ्चालन गरेको छ । व्यवसाय गर्ने चाहाना भएका युवायुवतीहरुका लागी तालिम सञ्चालन गरिएको कार्यालयले जानकारि दिएको छ । जिल्लाको शारदा नगरपालिका तथा त्रिवेणि, ढोरचौर, छत्रेश्वरि, कालिमाटी गाउँपालिकामा तालिम सम्पन्न भइसकेको जनाउँदै निमित्त वरिष्ट उद्योग अधिकृत लोक बहादुर वस्नेतले कपुरकोट गाउँपालिकामा पनि १० दिने तालिमको आज आइतबार समापन गरिएको बताए । तालिममा सफल उद्यमी बन्नका लागि आवश्यक पर्ने गुणहरु, उद्यम गर्ने तरिका र विधि, उद्यमका लागि आवश्यक पूर्वतयारी, व्यवसाय, उद्यमी र उद्यमशीलता, लघु, घरेलु तथा साना व्यवसायमा आउने समस्या, चुनौती र समाधानका उपाय, सफल उद्यमीका विशेषताहरु, माग र आपूर्तिमा आधारित व्यवसायिक खेल, बजार र बजारीकरण तथा विक्री रणनिती, व्यवसायिक योजनाबारे जानकारी, एकीकृत व्यवसाय व्यवस्थापनको अवधारण र प्रक्रिया जस्ता विषयमा प्रशिक्षण दिइएको थियो । कपुरकोट गाउँपालिका भित्रका २० जनाको सहभागीता रहेको तालिम गत पुस १३ गते शुरु भएको थियो । तालिममा सहभागीहरुले छनौट गरेर उद्यम गर्न चाहेमा गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बताएका छन् । अव बाँकी रहेका वन्गाड कुपिण्डे र बागचौर नगरपालिका तथा दार्मा र कुमाखमालिका गाउँपालिकामा पनि यस प्रकारको तालिम सञ्चालन गरिने वरिष्ट उद्योग अधिकृत लोक बहादुर वस्नेतले जानकारि गराएका छन् । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed