कालिकोटमा म्यादी प्रहरीको मृत्यु हुनुमा विप्लवको पार्टी जिम्मेवार
पुस २४, २०७४ काठमाडौं : दुई साताअघि कालिकोटमा भएको म्यादी प्रहरीको आन्दोलनमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको घुपैठ भएको निष्कर्ष निकालिएको छ। सो घटनाको छानबिन गर्न बनेको समितिले विप्लवको पार्टीको घुसपैठ भएपछि दोहोरो झडप भएका कारण गोली चलेको ठहर गरेको हो। म्यादी प्रहरीको आन्दोलनमा विप्लवको पार्टीको सहयोगकै कारण म्यादीले प्रहरीमाथि आक्रमण गरेको र प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको समितिको ठहर छ। तलबभत्ताको विषयलाई लिएर आन्दोलनमा उत्रेका म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा म्यादी प्रहरी ऐडीको मृत्यु भएको हो। आन्दोलनका क्रममा म्यादी प्रहरीलाई स्थानीय विप्लवका कार्यकर्ताले हौस्याएको प्रतिवेदनमा उल्लेख गरिएको छ। समितिले आइतबार गृहसचिव मोहनकृष्ण सापकोटालाई बुझाएको प्रतिवेदनमा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली प्रहार गर्नुपरेको उल्लेख गरिएको छ। स्रोतका अनुसार कालिकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहरालाई समान्य चेतावनी र प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाई पनि सामान्य विभागीय कारबाही सिफारिस गरिएको छ। ‘कालिकोट घटनाको प्रतिवेदन आइतबार सचिवलाई बुझाइएकोछ, त्यसभित्र के के छ अहिले नै भन्न मिल्ने अवस्था छैन’ गृह मन्त्रालयका प्रवक्ता नारायणशर्मा दुवाडीले भने। Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed