ताजा अपडेट

शिक्षा क्षेत्रको सुधारका लागि राजनीतिक स्थायित्व

          |   671 Views   |   Published Date : 8th January 2018 |

पद्मोम्दय स्कुलका अध्यापक निशान्त आचार्य सँग छोटो मिठो कुराकानी :

1005015_981774245226362_8769087100741777565_n

 

> कति समयदेखि यस क्षेत्रमा कार्यरत हुनुहुन्छ ?

=  म शिक्षिण पेशामा कार्यरत भएको २० वर्ष भएको छ ।

> शिक्षा प्रणालीमा के कतिको सुधारहरु पाइरहनुभएको छ ?
= शिक्षा प्रणालीमा समयको परिवर्तनसंग नयाँ नयाँ प्रविधिको कारण परिवर्तन भएको छ । अहिलेको समयका बालबालिकाहरु टेक्नोलोजीमा धेरै अगाडि बढेको पाइन्छ ।

> प्राइभेट स्कूल र सरकारी स्कूलहरुको पाठ्यपुस्तमा धेरै अन्तर छ यसलाई के भन्नु हुन्छ ?
= हो अवश्य नै सरकारी विद्यालयमा निशुल्क पुस्तकहरु प्रदान गरिएको छ भने प्राइवेट विद्यालयहरुमा साह्रै महङ्गा पुस्तकहरु छन् । सामान्य आम्दानी भएका नेपाली अभिभावकलाई सो समस्या थेग्न नै गाह्रयो छ । तर भित्रि कुराहरुमा सरकारी विद्यालयका विद्यार्थीहरु प्राय बिहान बेलुका काम गरेर पनि सो लक्ष्य पुरा गर्न सकेको पाइन्छ ।

> सरकारी स्कूलमा अंग्रेजी माध्यम पनि अपनाइएका हुन्छन, यसका चुनौतीहरु के कस्ता पाउनु भयो ?
= हो , अहिले सम्पुर्ण विद्यालयमा करिब करिब अंग्रेजी माध्यम पनि सुरुवात गरेका छन् कति विद्यालयमा त राम्रोसँग संचालनमा रहेको छ । तर कतिपय विद्यालयमा दक्ष जनशक्तिको अभावमा भने चुनौती नै रहेको पाइन्छ ।

> सरकारी स्कूलहरुले पढाई बाहेक अतिरिक्त क्रियाकलापहरुमा कतिको जोड दिइएको पाइन्छ ?
= सरकारी विद्यालयमा स्रोत साधन अनुसारको अतिरिक्त क्रियाकलाप संचालनमा त रहेका हुन्छन् । प्राइभेट स्कुलको जस्तो अतिरिक्त क्रियाकलाप शुल्क नलिइने भएकाले त्यस्को कमै मात्रामा भएको पाइन्छ ।

> प्राइवेट स्कूलभन्दा सरकारी स्कूलहरुमा उत्तीर्ण हुने संख्या कम देखिन्छ , सुधारको लागी राज्य, स्कुल प्रशासन र शिक्षकको दायित्व कस्तो हुनु पर्दछ ?

=तुलनात्मक रुपमा प्राइभेट स्कूलभन्दा सरकारी स्कूलको उत्तीर्ण प्रतिशत समग्रमा कम देखिन्छ । त्यसमा अभिभावक ज्यूहरुको आर्थिक लगानी नपरेकाले उहाँहरुको सक्रियता कम देखिन्छ भने राज्य तहबाट सम्पूर्ण शिक्षाको जिम्मेवारी लिनु पर्दछ । राज्यका नागरिकको आधारभुत आवश्यकता अन्तर्गत शिक्षा पर्दछ त्यसैले सम्पूर्ण जिम्मेवारी बहन गर्दै शिक्षकलाई जुन राज्यबाट प्रदान गरिने सेवा सुविधाहरुमा कन्जुस्याइँ गरिनु हुँदैन भने स्वंय विद्यालय प्रशासन पनि सक्रिय हुनु पर्दछ । यी सबै हँुदा सबै योग्य शिक्षक र सुक्षम शिक्षकले आफ्नो प्रस्तुती पूर्ण रुपमा समर्पित गर्नु पर्दछ र शिक्षक स्वयं हुनु पर्दछ ।

> सरकारी स्कूलमा पढाउने शिक्षकहरुको बच्चाहरु प्राइभेट स्कूलमा पढेको पाइएको छ , यसप्रति यहाँको धारणा के छ ?
= अवश्य नै ठीक कुरा हो, तर राज्यले शिक्षालाई नागरिकको आधारभुत आवश्यकता ठानी सम्पूर्ण शिक्षालाई पूर्ण रुपमा सरकारी करण गरी प्राइभेट प्रणाली पूर्ण रुपमा खारेज गरि उच्च ओहदाका कर्मचारीहरुले समेत सरकारी विद्यालयमा अध्यापन गर्ने व्यवस्था मिलाइएमा स्वत सरकारी शिक्षकलाई कुनै पनि बाध्यत्मक अवस्था सृजना नगरे तापनि सरकारी विद्यालयमा पढाउन बाध्य हुन्छन् ।

स्कूलमा व्यावहारिक शिक्षा लागु हुन नसक्नुका कारण के हुन सक्छ ?

व्यावहारिक शिक्षा लिन सक्ने, व्यावसायिक, सीपमूलक शिक्षा प्रणाली राज्य प्रणालीबाट सञ्चालन गरिनु पर्दछ । पाठ्यक्रम सोही अनुसार निर्माण गरिनु पर्दछ । पाठयक्रम तयारी भएको खण्डमा व्यवहारिक शिक्षा लागु हुन सक्छ ।

> तपाईको कार्यकालको शुरुवातदेखि अहिलेसम्म स्कूलको व्यवस्थापनमा के कस्तो सुधार पाउनु भयो ?

= कार्यकालको शुरुवातदेखि अहिलेसम्मको अवस्थामा आउँदा व्यवस्थापनमा समयको चक्र जस्तै परिवर्तन भएको छ र त्यो उतार चढाव चलिरहेको छ गुणस्तरताका साथै भौतिक रुपमा व्यवस्थापनमा सुधार भएको पाइन्छ ।
> सरकारी स्कूलहरुमा विद्यार्थीका लागि लागु गरिएका अनुसासन कतिको प्रभावकारी छ ?

अहिलेको समयमा सरकारी एवम् प्राइवेट स्कूल दुबैमा विद्यार्थी अनुशासनको घडेरी अवस्था नै हो । सबै अभिभावकका एक दुई ओटा मात्र बच्चाहरु हुन्छन् । अभिभावकले बच्चालाई आवश्यक्ताभन्दा बढी माया गर्नु र आवश्यक्ताभन्दा बढी आकांक्षा पूरा गर्नु र नैतिक शिक्षा, मूल्या शिक्षा (भ्यालु एजुकेशन) को कमी छ र शहरका अधिकांश बच्चाहरु दुव्र्यसनका शिकार भएकाले अनुशासनमा कमि देखिन्छ । > शिक्षा प्रणालीको सुधारमा आइपर्ने चुनौती के के हुन् ?

शिक्षा प्रणालीमा सुधार गर्नका लागि चुनौतिहरुः
१) राजनैतिक अस्थिरता ।
२) अव्यवस्थिति शिक्षाको संरचना ।
३) विश्व परिवेश अनुसारको शिक्षा प्रणाली लागु नहुने
४) गरिबी र चेतनास्तरको कमी ।
> विगतका वर्षहरुदेखि तपाई यस क्षेत्रमा क्रियाशिल हुनु हुन्छ र ठुलो योगदान पनि रहेको छ । यहाँसम्म आइपुग्दा जीवनमा के गुमाउनु भयो र के पाउनु भयो ?

= लामो समयसम्म शिक्षा सेवामा काम गर्दा मैले गुमाउन कुनै पनि कुरा गुमाएको छैन बरु आफुलाई प्राप्त हुने सम्पूर्ण सम्मान आफ्ना चेलाचेलीबाट प्राप्त गरेको छु । म आफ्नो पेशाबाट पूर्र्र्ण खुशी एवं सुखी छु ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१