ताजा अपडेट

उडान नियमित हुनुपर्छ

          |   44 Views   |   Published Date : 8th January 2018 |

सविन प्रियासन

22894543_501999690169020_2704701790234596114_n

   दङालीहरुको प्लेन उडाउने सपना पुरा भएको छ । खासगरी आइतबार देखि समिट ऐरले आफ्नो उडान भर्न लागेपछि दङालीहरुको प्लेन आफ्नै ठाउँमा बसाउने सपना पुरा भएको हो ।

पहिलो चरणमा प्रत्येक हप्ता आइतबार र शुक्रबार उडान भर्ने तयारी गरेको समिट ऐरले केही समयमा नै नियमित उडान भर्ने योजना बनाएको छ । यात्रुहरुको चाँप र प्राविधिक कुराहरु मिलाएपछि दाङमा नियमित हवाई उडान हुनेछ ।

टरिगाउँ विमानस्थललाई सञ्चालन गर्नका लागि पछिल्लो समयमा तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

यी संंस्थाहरुको पहल कदमिलाई सार्थक बनाउन उपप्रधानमन्त्री कृष्णबहादुर महराले आफ्नो ठाउँमा राम्रो भूमिका खेलेका छन् । खासगरी तुलसीपुर उपमहागरपालिकाका मेयर घनश्याम पाण्डेय, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, प्रदेश सदस्यहरु उत्तरकुमार वली,डिल्ली

           चौधरीलगायतका नेताहरुले पनि आप्mनो तर्फबाट यस विषयमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।

जेहोस्, सबैको साथसहयोगले हवाई उडान सुरु भएको छ । यसलाई हप्ताको दुईपटक मात्र नभएर दिनदिनै उडान भर्न सक्ने वातावरण सिर्जना गर्ने सवालमा सबैले भूमिका खेल्नुपर्छ । यात्रुको अभावमा हवाई उडान स्थगित भयो भन्ने कुरा भोलीका दिनमा कदापि फैलन दिनुहुँदैन ।

दाङका यात्रुहरु अहिले पनि दैनिकरुपमा नेपालगञ्ज, भैरहवालगायतका ठाउँमा पुगेर हवाई यात्रा गरिरहेको अवस्था छ । तसर्थ सहजरुपमा यात्रुले टिकट पाउने व्यवस्था गरिनुपर्छ । तत्का लागि सोही ठाउँमा हवाई सेवा दिने र दिर्घकालिनरुपमा अन्तर्राष्ट्रिय स्तरको ऐरपोर्ट निर्माणका लागि पनि ठोस योजना बनाउने सवालमा ध्यान दिएमा अति राम्रो हुनेछ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१