ताजा अपडेट

दाङमा राष्ट्रिय फूटबल प्रतियोगिता हुने

          |   126 Views   |   Published Date : 7th January 2018 |

kjgjkftiyjfkyu

दाङ, पौष २३ । दाङमा फुटबलको राष्ट्रिय प्रतियोगिता हुने भएको छ । परिषद् कप २८ औ राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता दाङमा हुने भएको हो ।

दाङ जिल्ला फुटबल संघले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी ३३ वर्ष पछि राष्ट्रियस्तरको खेल दाङमा हुन थालेको जानकारी दिएको छ । प्रतियोगिताको बारेमा जानकारी दिदै संघका अध्यक्ष सुशिल श्रेष्ठले २०४१ सालमा भएको खेल पछि अहिले ३३ वर्षपछि हुन थालेको यो प्रतियोगिताका लागि तयारी भैरहेको जानकारी दिनुभयो ।

अखिल नेपाल फुटबल संघको आयोजना तथा दाङ जिल्ला फुटबल संघको समन्वयमा हुन थालेको प्रतियोगिता माघ २ गते देखि ६ गते सम्म हुने छ ।

घोराही र तुलसीपुरमा हुने खेलका लागि ८ वटा समुह विच प्रतिस्पर्धा हुने संघले बताएको छ । तुलसीपुरको अरनिको खेल मैदान र घोराहीको भरतपुर खेल मैदानमा हुने खेलका लागि प्रत्येक विकास क्षेत्रका ५ वटा टिम र विभागिय क्लबहरु नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको ३ वटा मिटहरु विचमा प्रतिस्पर्धा हुने संघका सचिब नरेन्द्र पुनले बताउनुभयो ।

प्रतियोगिताका लागि आउने एउटा टिममा १८ जना खेलाडी र २ जना अफिसियल कर्मचारी सहित २० जना हुने र सम्पुर्ण खेलाडी र अफिसियल कर्मचारीको संख्या १ सय ६० हुने संघले बताएको छ । प्रतियोगिताका खेलहरु नकआउटको आधारमा खेलाईने छ । प्रतियोगिताको उद्घाटन तुलसीपुरको अरनिको मैदानमा हुनेछ भने ६ गते दिउसो २ बजे फाईनल खेल भरतपुर मैदानमा हुने संघले तालिका निर्माण गरेको छ ।

प्रतियोगिता सञ्चालनका लागि मुल आयोजक समिति र विभिन्न उपसमितिहरु सोमबार निर्माण गरीने पनि संघले बताएको छ । संघका अध्यक्ष सुशिल श्रेष्ठको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता तथा सल्लाहकार सुदीप गौतमको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको थियो ।

अतिथीहरुले कार्यक्रमलाई भब्य रुपमा सञ्चालन गर्नका लागि सञ्चारमाध्यमहरुको तर्फबाट पुर्ण सहयोग हुने बताएका थिए । पत्रकार सम्मेलनको सहजकिरण सचिब नरेन्द्र पुनले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१