ताजा अपडेट

एक सय तीन बर्षिया बस्यौनी चौधरीले मेयरको हातबाट जब न्यानो कपडा पाईन…

          |   77 Views   |   Published Date : 7th January 2018 |

yuyu

दाङ, पौष २३ । तुलसीपुर उपमहानगरपालिकाले वृद्ववृद्वालाई न्यानो कपडा कार्यक्रम सुरु गरेको छ । उपमहानगरपालिका वडा नम्बर १९ की सबैभन्दा वृद्व एक सय तीन वर्षिया बस्यौनी चौधरीलाई मेयर घनश्याम पाण्डेले न्यानो कपडा हस्तान्तरण गरेर कार्यक्रमको सुरु गर्नुभएको हो ।

उपमहानगरपालिकाबाट दलित, जनजाति अल्पसंख्यकबाट ८० वर्ष पुगेका र अन्य समुदायका ८४ वर्ष पुगेका वृद्ववृद्वाहरुलाई न्यानो कपडा कार्यक्रम सुरु गरेको छ । वडा नम्बर १९ भित्र रहेका १६ जना मध्ये ९ जनालाई आइतबार नै वितरण गरिएको छ । कार्यक्रममा टोपी, ब्लाङ्केट, ओड्ना एक एक थान वितरण गरिएको थियो ।

मणीभद्र खत्री, नरवीर बस्नेत, भद्रबहादुर घर्ती, वासुदेव उपाध्याय, रामजु चौधरी, बस्यौनी चौधरी र मोती वलीलाई वितरण गरिएको थियो । कार्यक्रममा स्वास्थ्य चेकजाच समेत गरिएको थियो । वडाध्यक्ष रामबहादुर योगीको अध्यक्षतामा तथा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै मेयर पाण्डेले घरको छानो मुक्त कार्यक्रमका साथै सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र दिइने कार्यक्रमको समेत तत्कालै सुरु गरिने बताउनुभएको थियो । कार्यक्रमको सञ्चालन बसन्त विवश आचार्यले गर्नुृभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१