ताजा अपडेट

उपप्रधानमन्त्री महरा र मेयर पाण्डेले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा

          |   138 Views   |   Published Date : 7th January 2018 |

air-port-1-660x330

दाङ, पुस २३ । चुनावी एजेण्डा बनेको यहाँको हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ । विभिन्न राजनीतिक दल, संघसंस्था होस् वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा परेको टरिगाउँ विमानस्थलमा पुस २३ (आज) देखि हवाई सञ्चालनमा आएको हो ।

उपप्रधानमन्त्री कृष्णबहादुर महरा, दाङ ३ का एमालेबाट निर्वाचित सांसद हिराचन्द्र केसी, प्रदेशसभा सदस्य तथा एमाले नेता प्रकाश ज्वाला र तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डे पहिलो फ्लाइटमा चढेर दाङ गएका छन् ।

लामो समयको छलफल र गृहकार्यपछि हप्तामा दुई दिन निजी विमानले उडान भर्ने सहमति भएको नगर प्रमुख घनश्याम पाण्डेले बताए ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे र समिट एयरका सिइओ मनोज कार्कीले गत बिहीबार विमान सचालनमा ल्याउन काठमाडौँमा सहमति गरेका थिए ।

हवाई सेवा सञ्चालनमा आएपछि दाङवासी खुसी भएका छन् । स्थानीयवासी भन्छन्, ‘कृष्णबहादुर महराले चुनावी दौरानका क्रममा बोलेका वाचा पुरा गरे ।’

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१