ताजा अपडेट

फुटबल संघको अध्यक्षमा सुशिल श्रेष्ठ

          |   143 Views   |   Published Date : 6th January 2018 |

dddddddd

दाङ, पौष २२ । दाङ जिल्ला फुटबल संघको अध्यक्षमा सुशिल श्रेष्ठ चयन हुनुभएको छ । शनिबार सम्पन्न चौथो अधिवेशन चार वर्षे कार्यकालका लागि श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतीले चयन गरेको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा भानुविक्रम राणा, उपाध्यक्षमा ईन्द्रबहादुर पुन, उपाध्यक्ष वुद्धिराम पुन, महासचिव नरेन्द्र पुन, कोषाध्यक्ष सन्देश श्रेष्ठ रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा लक्ष्मण बस्नेत, सुरज वली, अनिल कुमार बस्नेत, चन्द्रविर वली, गोपाल श्रेष्ठ, वसन्त पुरी, भिम बहादुर चौधरी, प्रकास श्रेष्ठ र महिला सदस्यमा भावना कुमारी राजभण्डारी रहनु भएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष भानुविक्रम राणाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको प्रमुुुुख आतिथ्य एंव दाङ जिल्ला प्रहरी प्रमुख दुर्गा सिह र अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य प्रदेश सिहं राठोरको विशिष्ठ आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले जिल्लाको खेलकुदको विकासका लागी आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।

त्यस्तै सो अवसरमा बोल्दै बिशिष्ट अतिथि जिल्ला प्रहरि कार्यालय दाङका प्रमुख दुर्गा सिहले खेलकुदको बिकासका लागी सवै क्षेत्रले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दाङ जिल्ला सवै हिसावले सुन्दर र राम्रो रहेको भन्दै जिल्लाको पहिचान गराउने खेलाडी उत्पादन गर्न तर्फ लाग्न संघलाई सुझाव दिनुभयो ।

संघका उपाध्यक्ष प्रेमप्रकास मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सिंह राठोर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगी, नेपाल पत्रकार महाँसंघ दाङका अध्यक्ष सविन प्रियासन, तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का वडा सदस्य सावित्रा गुरुङ, रिपोर्टर्स क्लब नेपाल दाङका सचिब विमल गौतम, तुलसीपुर खानेपानीका सचिव मनोज लामिछाने, निर्वाचन समितिका सदस्य सुमन घले, पुर्व राष्ट्रिय खेलाडी गणेशप्रेम श्रेष्ठ, नरेन्द्र पुनले बोल्नु भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१