ताजा अपडेट

राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता दाङमा हुँदै

          |   450 Views   |   Published Date : 5th January 2018 |

football   दाङ, पुस २० । राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप–२०७४ अन्तर्गत दाङमा पुरुष फुटबल प्रतियोगिता हँुदैछ । दाङमा २८ औं राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता दाङमा हुने राष्ट्रिय खेलकुद परिषद्ले बताएको छ ।

प्रतियोगिता माघको २ देखि ६ गतेसम्म दाङको दुई स्थानमा हुनेछ । जिल्लाको भरतपुर खेल मैदान घोराही र अरनिको खेल मैदान तुलसीपुरमा हुनेछ । ५ विकास क्षेत्र, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८ टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन तुलसीपुरमा र समापन घोराहीमा हुनेछ ।


प्रतियोगिताको उद्घाटन खेल माघ २ गते मध्यपश्चिम क्षेत्रीय टिम र सशस्त्र प्रहरी बल टिम बीच तुलसीपुरमा हुनेछ, भने माघ २ गते नै घोराहीमा मध्यमाञ्चल क्षेत्रीय टिम र सुदूरपश्चिमाञ्चल क्षेत्रीय टिम बीच खेल हुनेछ । यस्तै माघ ३ गते पूर्वाञ्चल क्षेत्रीय टिम र त्रिभुवन आर्मी क्लव टिमबीच घोराहीमा र सोही दिन पश्चिमाञ्चल क्षेत्रीय टिम र नेपाल पुलिस क्लव टिमबीच खेल हुने जिल्ला फुटबल संघ दाङले जानकारी दिएको छ ।
प्रतियोगिताको उपविजेता र विजेताका लागि माघ ६ गते घोराहीको भरतपुर खेल मैदानमा खेल हुने आयोजक टिमका सदस्य एवं पूर्व खेलाडी नरेन्द्र पुनले जानकारी दिनुभयो । यस प्रतियोगिताका लागि घोराहीको भरतपुर खेल मैदान र तुलसीपुरको अरनिको खेल मैदान व्यवस्थापन गरिएको छ । मैदान सुधार एवं व्यवस्थापनका लागि जिल्लाका फुटबल खेलाडी, पूर्व खेलाडी एवं खेलप्रेमीहरुको सक्रियतामा खेल मैदान मर्मत गरिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१