ताजा अपडेट

चालिस गाउँका थारु अगुवाको छलफल(माघी महोत्सवलाई भव्य बनाउने तयारी)

          |   49 Views   |   Published Date : 5th January 2018 |

gggg

दाङ, पुस २० । थारु कल्याणकारिणी सभासहित दर्जर्नौं थारु संघसंस्थाको आयोजनामा यही पुस २८ गते हुन लागेको माघी महोत्सव २०७४ को विषयमा मुल आयोजक समितिले दाङ थारु अगुवा, महटावा, अघवाहरुसँग बिहीबार घोराहीमा बृहत छलफल गरेको छ ।

महोत्सव मुल आयोजक समितिको संयोजक तेजमान चौधरीको अध्यक्षतामा भएको छलफलमा कार्यक्रममा बोल्ने वक्ताहरुले माघी महोत्सवलाई ऐतिहासिक बनाउन सुझाव दिएका थिए । थारु अगुवा, महटावाहरुले महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि आफूहरुले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
महोत्सवलाई जिल्लास्तरमा मात्र नभई प्रदेशस्तरिय बनाउन सके अझै राम्रो हुने भन्दै उनीहरुले समयको अभावले यसवर्ष जिल्ला स्तरको महोत्सव बनाउनुपर्नेमा जोड दिएका थिए । करिव ४० गाउँका थारु अगुवा, महटावाहरुसँग भएको छलफलमा माघी महोत्सवको औचित्य र महत्वको विषयमा माघी महोत्सव मुल आयोजक समितिका सदस्य थारु अगुवा केवी चौधरीले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा साँस्कृतिक उपसमितिका संयोजक लक्ष्मीमान चौधरी, कलाकार समन्वय उपसमितिका संयोजक सालिकराम चौधरी, स्वयंसेवक उपसमितिका संयोजक तेजमान चौधरी, महटावा लक्ष्मीप्रसाद चौधरी, बुद्धिराम चौधरी, जगविर चौधरी, कृष्ण चौधरी, थारु अगुवा प्रकाश चौधरी, सहदेव चौधरी, रामशरण चौधरी, लिलाराम चौधरी, साकार चौधरीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण महोत्सव मुल आयोजक समितिका सदस्य एवं प्रचारप्रसार उपसमितिका संयोजक सन्तोष दहितले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१