उद्योगमा नया“ प्रविधि
सविन प्रियासन
दाङमा केही समययता व्यापकरुपमा उद्योग, कलकारखानाहरु खुल्नेक्रम सुरु भएको छ । उद्योगहरु सञ्चालन हुनु आर्थिक विकासका हिसाबले अत्यन्त राम्रो मानिन्छ । दाङमा ठूला र साना उद्योगहरु खुलि रहेका छन् ।
यहीक्रममा केही वर्ष अगाडि दाङको सतबरियामा राप्ती ग्याँस उद्योग सञ्चालनमा आएको छ । राप्ती अञ्चलमै पहिलो पटक खुलेको उक्त ग्याँसले हाल पाँच र ६ नम्वर प्रदेशका अधिकांश जिल्लाहरुमा आफ्नो सेवा प्रवाह गरिरहेको छ ।
गुणस्तरीय सेवा प्रदान गर्ने जमर्को गरिरहेको उद्योगले नयाँ प्रविधीहरु समेत जडान गरेको छ । उद्योगलाई सुरक्षित गर्ने देखि स्थानीय स्तरमा वातावरणलाई असर गर्ने किसिमका कार्यहरुलाई समेत पूर्णरुपले रोकेको छ । यसले के देखाउँछ भने उद्योग खोल्ने कार्यसँगै यससँग जोडिएका कुराहरुमा समेत राप्ती ग्याँस सजग र सचेत छ । स्थानीय स्तरमा थुप्रै व्यक्तिलाई रोजगार प्रदान गरिरहेको उद्योगले सबैजसो जिल्लामा डिलर, सबडिलर मार्फत आफ्नो सेवा बिस्तार गरेको छ ।
दाङको सन्दर्भमा कुरा गर्नु पर्दा ग्याँसको धेरै प्रतिशत माग राप्ती ग्याँस उद्योगले नै पूर्ती गरेको छ । यसको पछाडि राप्ती ग्याँसले नेपालमा नाकाबन्दी हुँदा समेत जिल्लाबासीलाई ग्याँसको अभाव हुन दिएन । जसले गर्दा यसले जिल्लाबासीको मन जितेको छ । यसका साथै नयाँ टेक्नोलोजिमा सञ्चालन भइरहेको राप्ती ग्याँस भरपर्दो, सुरक्षित र क्वालिटी अनि क्वान्टिटीमा गुनासो रहित तबरले सञ्चालनमा छ ।
यसले पनि उपभोक्ताहरु राप्ती ग्याँसप्रति लगाव राख्ने भएका छन् । जेहोस्, दाङमा उद्योग कलकारखानाको कुरा गर्दा नाम लिन लायक तबरले सञ्चालन भइरहेको राप्ती ग्याँस उद्योगले आउँदा दिनहरुमा आफूलाई समय सापेक्षरुपमा अगाडि बढाउँदै नयाँनयाँ टेक्नोलोजिलाई प्रयोग गर्दै उपभोक्तामूखी बन्ने सवालमा ध्यान दिन सक्यो, उपभोक्ताको मागलाई जतिबेला पनि पुरा गर्ने सवालमा भूमिका खेल्यो भने नेपालभरि यसको सञ्जाल बिस्तार हुनेछ ।
दाङको नाम समेत हरेक कुनाकन्दरामा आउने गरी स्थापित भएको राप्ती ग्याँस उद्योगको चौतर्फी विकास हुन सकोस्, शुभकामना ।



Leave a comment