ताजा अपडेट

‘टाइगर जिन्दा हे’ ले ‘सुल्तान’ को कमाइलाई टक्कर दिँदै

          |   152 Views   |   Published Date : 4th January 2018 |

109419407tiger-zinda-hai-youtube

सुपरस्टार सलमान खानको 'टाइगर जिन्दा हे' ले रिलिज भएको १३ दिन बितिसक्दा दर्शकको ध्यान अझै पनि तानिरहेको छ। अर्थात् बक्स अफिसमा फिल्मले राम्रो व्यापार गरिरहेको छ।

पहिलो सातामै भारु २ सय करोडभन्दा बढी व्यापार गरेपछि सलमान-केटरिना अभिनीत यो फिल्म ३ सय करोड क्लबमा सामेल हुने तयारीमा छ। सप्ताहन्तमा आक्रामक कमाइ गरेको फिल्मले अन्य दिनमा पनि राम्रो प्रदर्शन गरिरहेको छ।

बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार, ‘टाइगर जिन्दा हे’  ले बुधबार ५ दशमलब ८४ करोड कमाएको छ। योसहित फिल्मले अहिलेसम्म २ सय ८६ दशमलब ४६ करोड व्यापार गरिसकेको छ। जुन तीव्रतामा फिल्मले कमाइरहेको छ, यसले छिटै सलमानकै ‘सुल्तान’ को कीर्तिमान तोड्ने देखिएको छ। ‘सुल्तान’ ले भारतको बक्स अफिसमा ३ सय करोड ४५ लाख भारु कमाएको थियो।

डिसेम्बर २१ मा रिलिज भएको एक्सनप्रधान यो फिल्मले पहिलो सातामा २ सय ६ करोड बटुलेको थियो। दोस्रो साताको ६ दिनमा फिल्मले ८० करोड कमाएको छ। दुई सातामा फिल्मले ३ सय करोड कमाउला त? यो हेर्नु रोचक हुनेछ।

अली अब्बास जफरको निर्देशनमा बनेको यो फिल्म सन् २०१२ मा आएको ‘एक था टाइगर’को सिक्वल हो।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१