ताजा अपडेट

घोराहीमा माघी महोत्सव हुने

          |   118 Views   |   Published Date : 3rd January 2018 |

gggg

  घोराही, पुस १८ । दाङको सदरमुकाम घोराहीमा माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभालगायत दर्जनौं थारु संघसंस्थाको सहकार्यमा माघी महोत्सव–२०७४ हुन लागिएको आयोजक संस्थाले जनाएको छ ।

थारु कल्याणकारिणी सभाको पहलमा मंगलबारको दिन बसेको थारु अगुवाहरुको भेलाले एक दिने महोत्सव आयोजना गर्ने निश्कर्ष निकालेको हो । यहि पुस २८ गते जिल्ला समन्वय समितिको प्रांगनमा महोत्सव आयोजना गर्ने निर्णय समेत गरिएको छ । यसैगरी महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि थारु कल्याणकारिणी सभा दाङका सभापति तेजमान चौधरीको संयोजकत्वमा १ सय १ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।


यसैबीच समितिमा छिटोछरितो काम गर्नका लागि महोत्सव मुल आयोजक समितिका संयोजक तेजमान चौधरीको संयोजकत्वमा १५ सदस्यीय सचिवालय समिति पनि गठन गरेको छ । सचिवालय सदस्यमा केवि चौधरी, लक्ष्मीमान चौधरी, सालिकराम चौधरी, माधव चौधरी, खोपीराम चौधरी, सन्तोष दहित, अशोक चौधरी, प्रकाश चौधरी, दीपक चौधरी, नविन चौधरी, नगेन्द्र चौधरी रहनुभएको छ ।
त्यसैगरी महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि विभिन्न उपसमिति पनि गठन गरिएको छ । केवि चौधरीको संयोजकत्मा ५ सदस्यीय आर्थिक तथा संघसस्थाहरुसँग समन्वय उपसमिति गठन गरिएको छ । त्यसैगरी सन्तोष दहितको संयोजकत्वमा ७ सदस्यीय प्रचार प्रसार उपसमिति, लक्ष्मीमान चौधरीको संयोजकत्वमा ११ सदस्यीय सांस्कृतिक उपसमिति गठन गरिएको छ ।
त्यसैगरी माधव चौधरीको संयोकत्वमा १५ सदस्यीय मञ्च व्यवस्थापन तथा भोजन उपसमिति, शालिकराम चौधरीको संयोजकत्वमा ९ सदस्यीय कलाकार समन्वय उपसमिति गठन गरिएको छ । यसैगरी अशोक चौधरीको संयोजकत्वमा ५१ सदस्यीय स्वंसेवक उपसमिति, विष्णु कुसुमको संयोजकत्वमा ७ सदस्यीय अतिथि सत्कार उपसमिति गठन गरिएको मुल आयोजक समितिका संयोजक तेजमान चौधरीले जानकारी दिनुभयो ।
यसैगरी दंगीशरण गाउँपालिकामा हुन लागेको माघी विशेष साँस्कृतिक कार्यक्रमको उद्घाटन नेकपा एमालेका स्थायी सदस्य एवं पूर्व सूचना मन्त्री शंकर पोख्रेलले गर्न कार्यक्रम रहेको आयोजक संस्थाले जानकारी दिएको छ । हमार दंगीशरण क्लव हेकुलीको आयोजनामा हुन लागेको यहि २७ र २८ गते दुई दिने विशेष थारु साँस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लवका सचिव नविन दहितले जानकारी दिनुभयो ।
उहाँका अनुसार साँस्कृतिक कार्यक्रममा थारु समुदायको विशेष मघौटा नाचको प्रतियोगिता हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुति हुने भएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१