ताजा अपडेट

राती-राती नहिडौ है….. नत्र किच्कन्याले छल्ला नि फेरी….

          |   143 Views   |   Published Date : 30th December 2017 |

कथा : यात्रा/ दीपक जी.एम. आर्जव'''motorcycle-chopper-couple-ride-abstract-simplified-vintage-its-riders-56755735   आफ्नो काम सिध्याएर म घर कोठामा जाँदै थिएँ कि एकाएक पाल्पाबाट मामाको फोन आयो र मलाई तुरुन्तै पाल्पा हिड्नुपर्ने भयो । काठमाडाँैदेखि पाल्पासम्मको दूरीलाई मैले मोटरसाइकलमार्फत् यात्रा पूरा गर्ने सोच बनाए र बेलका ६ वजेतिर म गन्तव्यतिर प्रस्थान गरे ।

कलंकी हँुदै जामको कारणले धौ धौ एक घण्टाको अन्तरालमा म नागढुंगा पुगेँ र मोटरसाइकल इन्ट्री गर्दै म सफरमा निस्किए । अस्त व्यस्त सडकले साह्रै नै गारो भयो, साथै एक्लै सफरमा मलाई रातारात पाल्पा पुग्नुपर्ने थियो, किनकि भोलि मामाको बिहे हुन लागेको रहेछ । धेरै वर्षपछि मामा विदेशबाट फर्किनु भएको थियो, एकाएक हतारमा बिहे हुन लागेको जानकरी अघि मामाले फोनमार्फत् मलाई दिनुभएको थियो ।

रातको करिव नौ बजे म मुग्लिन पुगे, खाना खाने मनसायले म माइती नेपाल होटेलमा छिरे र खाना खाने क्रममा मेरो नजरभित्र आउँदै गरेको एउटी अत्यन्त सुन्दर युवती माथि प¥यो । हातमा एउटा झोला लिएकी ती युवती नजिकैको टेबल नेर आएर टुसुक्क बसिन्, जीउडाल साह्रै नै मिलेको ती युवतीले खाँदै गर्दा होटेलको साहुसँग मेरो पाल्पा जाने गाडी छुट्यो मलाई जसरी भए नि आज नै पुग्नुपर्नेछ, कसरी जाने होला भन्दै आफ्नो गुनासो पोख्छिन् । जवाफमा साहुले अब यति राती त गाडी पाउन गाह्रो छ, भोलि बिहान मात्र पाल्पाको लागि गाडी पाउनुहुन्छ तपाईले भन्दै काउन्टरतिर लाग्छ । यो सुनी ती युवती उदास हुन्छिन् र मतिर हेर्दै आज मलाई पाल्पा नपुगी भाको छैन, मेरी आमा सिकिस्त बिरामी हुनु हुन्छ भन्दै मन खिन्न बनाउँछिन ।

तपाई पाल्पा जानु पर्ने हो भन्दै मैले उनलाई प्रश्न गरे । हँ हजुर जानुपर्ने हो अनि तपाई पाल्पा जान उनको वाक्य पूरा हुन नपाउँदै मैले हो म पाल्पा जादै छु र यदि हजुरलाई अप्ठ्यारो हँुदैन भने मसँग नै हिड्नुस् भनेर जवाफ दिए । मेरो कुरामा सहमति जनाउँदै उनी जान तयार भइन् र हामी गन्तव्य तिर लाग्यौ ।

बाटोभरि उनका मिठा मिठा बातहरु सुन्दै गए, उनी लमजुङ आफ्नो काकाको घर गएकी रहेछिन् । केही दिनको बसाइका लागि, एक्कासी पाल्पा घरबाट आमा सिकिस्त भएको खबरले आत्तिएर घर जना लागेको बताइन् । उनी पाल्पाको बतासे डाँडामा बस्दो रहेछिन्, घरमा दिदी, बहिनी, भाइ अनि आमा–बुबा भएको बताइन् । रातको चिसो सिरेटोले होला उनी झन्पछि झन् मसँग टांसिदै थिइन्, उनको स्पर्शरुपी छुवाईले कता–कता काउकुतीको आभाष महसुस गर्दै थिएँ म, साथै निर्दोष मुहारबाट निस्केका कारुणिक वाणीहरूले मलाई उनीप्रति आकर्षित गराउँदै थियो । उनीसँगको अलौकिक यात्रा अनि बात मार्ने क्रममा बुटवल पुगेको पत्तै भएन ।

रातको १२ बजिसकेको थियो, चारैतिर सुनसान सडक अनि खामोश गल्लीहरूले केही भन्न खोज्दै थिए । तर, व्यवास्ता गर्दै हामी अगाडि बढ्यौं । अगाडि बढ्ने क्रममा एकाएक गल्लीका कुकुरहरु नजिकै आएर भुक्न थालेँ मैले गति बढाए । अगाडि चोकमा बस स्टाप भएकाले चियावालाको ठेला देखियो र हामी त्यही चियाको चुस्की लगाउन थाल्यौं । क्षणभरमै प्रहरीको एक गस्ती रहेको गाडी हाम्रो अगाडि आएर रोकियो । मलाई कहाँबाट आएको, कहाँ जान लागेको भनेर सोधपुछ गर्न थालियो ।

म काठमाडाँैबाट आएको र पाल्पा मामा घर जान लागेको बताए अनि आफूसँग रहेको ब्लुबूक र लाइसेन्स पनि देखाए । मलाई आश्चर्य लाग्यो कि मसँग मात्र प्रहरीले सोधपुछ ग¥यो । तर, उनीसँग भने कुनै प्रश्न गरेन । प्रहरीको गाडी जाँदै गर्दा एक जवानले भन्दै थियो ‘राती राती एक्लै एक्लै न हिडौ है किचकन्याले छल्ला नि ।’

हामी पनि आफ्नो बाटो लाग्यांै, उनी बोल्दै थिइन् कति मातेका है ती प्रहरी भनौदाहरु, मलाई कति साह्रो घुरेर हेर्दै थिए, भन्दै भुनभुनाउन थाल्छिन् । मैले तर्क जोड्दै तिमीलाई त केही पनि सोधेनन् है मलाई त डर लागेको थियो तिमीलाई केही भन्छन् कि भनेर तर.. हत न पत उनी अलिक ठूलो स्वरमा बोल्दै थिइन्’ खाउँला झै हेर्नै ठिक्क थियो त अनि कहा सोध्ने फुर्सद हुन्छ र..।

मैले हाँस्दै हल्का धक्का दिए अनि उनी पनि खित्का छोडदै मलाई काउकुती लगाउन थालिन् । मोटरसाइकलको गति बढाउँदै मैले उनलाई प्रश्न गरे तिम्रो बिहे भैसक्यो जवाफमा उनले नाई भनिन् र मलाई पनि उही प्रश्न गरिन् मैले पनि अझै गरेको छैन । कहिले गर्ने नि हजुरले बिहे भनेर मलाई सोधिन जवाफमा ’तिमीले जहिले भन्छौ’ । चिम्टी लगाउँदै हजुर त सारै मिजासिलो हुनु हुदो रहेछ भन्दै मलाई पछाडिबाट आफ्नो न्यानो अँगालोमा कस्दै गइन र बिस्तारै मेरो गर्दनमा चुम्बन गरिन् ।

यसरी माया प्रीतिका कुरा गर्दै पाल्पा तानसेन पुगियो । रातको २ बजेको थियो । होटेल एउटा मात्र खुल्ला भएकाले मैले होटेल नेर लागेर मोटरसाइकिल रोक्दै उनलाई चिया खाएर अगाडि बाढौंला भनेँ । तर, उनीबाट कुनै जवाफ न आएपछि मैले ल झर न एक छिन भन्दै पछाडि फर्केर हेर्दा उनलाई देखेन । अचम्म लाग्यो एक्कासी उनलाई न देखेर अनि बाइकबाट ओर्लदै मैले यता उता हेर्न थालेँ । तर, पनि उनको कुनै पत्तो पाएन, होटेल तिर फर्किदा साहुनीले मलाई खाउँलाझंै हेरेको देखँे ।

साहुनीले ‘के भयो बाबु कसलाई खोज्नुभएको’ भनि प्रश्न गर्नु भयो । जवाफमा ‘मसँग आएकी एकजना महिलालाई देख्नुभयो हजुरले, खोई कता गइछिन् एकाएक भनेर उहाँलाई सम्बोधन गरेँ । तर, उनले मलाई एक्लै देखेको र म बाहेक अरु कसैलाई पनि नदेखेको बताइन् । म ट्वाल्ल परेँ त्यसमाथि मेरो झोला पनि उनीसँगै थियो । के गरुँ के गरुँ भयो अनि निकै बेरसम्म कुर्दा पनि उनको कुनै खबर नभएपछि म मामा घरतिर लागेँ । ढोका ढकढकाउँदै दैलोतिर नजर दौडाएँ कि मेरो आश्चर्यको सीमा रहेन, दैलोमा राखेको मेरो झोला कसरी यहाँ आइपुग्यो । उनले मेरो मामाको घर कसरी पत्ता लगाइन् होली भन्दै मेरो दिमागमा नानाथरिका कुराहरु खेल्न थाले । झोला लिनका लागि हात अगाडि बढाउँदै थिएँ कि एकाएक खुलेको ढोकाले म झसँग भएँ ।

‘भान्जा बाबु आइपुग्नु भयो भन्दै मामा निस्किनु भयो र झोला टिप्दै ल जाऊँ भनि भित्र छिर्नु भयो म पनि मामाको पछिपछि लागँे । भित्र सबै जना उठिसक्नुभएको रहेछ र बिहेको चाँजोपाँजो हँुदै थियो । सबै जनासँग ढोगभेट गरी म थकाइ मार्न कोठामा छिरेँ । दिमागमा अनेकौं कुराहरु खेलिरहेको थियो’ उनी एकाएक कहाँ गायव भइन् अनि मलाई एक शब्द पनि नभनी कहा गइहोलिन् ।

बिहेको चहलपहलले मेरो निद्रा भँग भयो, घडी हेर्दा त ९ बजिसकेको रहेछ । हत न पत उठेर तयारीको साथमा मामा भएतिर गएँ जहाँ मामा त पहिले नै दुल्हा भएर सजिसक्नुभएको रहेछ । ‘आऊ भाञ्जा बाबु अब जानुपर्छ ढिला पनि भैसक्यो’ भन्दै आफू भएतिर बोलाउनु भयो । हामी जन्ती टोली हिड्दै दुलहीको घरतिर लाग्यौं ।

हुनेवाला माइजूको घर त्यही तल बतासे डाँडानेर नै रहेछ र हिडाईमा समय ५ मिनट मात्र लाग्दो रहेछ । नाच्दै रम्दै हामी क्षणभरमै दुलहीको घर पुग्यांै । जहाँ बिहेको राम्रै तरिकाले बन्दोबस्त भएको देख्दा खुसी लाग्यो । बिहेको कार्यक्रम केही समयपश्चात् सम्पन भयो, मामा माइजूसँग खाना खाने क्रममा माइजूले भान्जा बाबु मेरो भाइ बहिनीसँग पनि चिनजान गर्नुस है भन्दै मलाई आफू नेर बोलाउनु भयो अनि चिनजान गर्ने क्रममा मेरो पछाडिबाट आएकी युवतीलाई देखेर म झसँग भए र अक्क नबक्क सँग म त्यो मुहारलाई नियाल्न थालेँ । माइजूले यो मेरी कान्छी बहिनी सारदा हो भन्दै इशारा गर्नुभयो । म केही पनि बोल्न सकेन अनि शारदाले हास्दै नमस्ते भनिन् र मैले पनि नमस्ते फर्काएँ । मेरो आँखा शारदा माथि नै एकटकसँग अडिएको थियो । मैले कुनै संकोच नमानिकन शारदालाई आफूतिर आउने इशारा गरँे ।

उनले मन्द मुस्कानमा हजुर भन्नुस् भन्दै प्रश्न गरिन् । अनि जवाफमा ‘किन नचिनेको झै गर्दैछौ ? के भयो तिमीलाई अनि हिजो एक्कासी मलाई केही पनि नभनेर कहाँ हरायौ तिमी हँ भन त, मलाई कति टेन्सन भयो थाहा छ तिमीलाई…! उनी अक बक्किदै कसलाई भन्नुभएको ? के भन्नुभएको ? बुझेन मैले अनि अर्को कुरा म आज पहिलो पटक हजुरलाई देख्दैछु र भेट्दैछु भनिन..।

यतिकैमा मामा माइजू आउनुभयो र मलाई के भयो भाञ्जा भनी प्रश्न गर्नुभयो । मैले हिजो भएका घटना वृतान्तमा रुपमा मामा माइजूलाई सुनाए जो स्वरुप मामाले दिएको जवाफले मेरो दिमाग चक्रायो, हात गोडा चिसिन थाले । माइजूले पनि थप्दै ‘हो भाञ्जा बाबु शारदाकी अर्की जुम्ल्याहा दिदी पनि थिई र २ वर्ष अघि लमजुङ काकाको घर गएकी थिई, आमा सिकिस्त बिरामी परेको खबरले उनी हतारिदै रातको समयमा कोही पाल्पा आउँदै गरेको मोटरसाइकिल वालासँग आउँदै गर्दा तानसेन नजिकै एउटा ट्रकसँग उनीहरू सवार बाइक जुध्यो, चालक त बाँच्यो । तर, मेरी बहिनी भने ठाउँमै ठहरै भई ।

मेरो होस नै उड्यो, मुटुको चाल बढ्न थाल्यो र गए रातिका कुराहरु सम्झिन थालेँ कि मामाले धेरै नसोच भाञ्जा बाबु तिमीले भनेझैं यहाँ कसै कसैको मुखबाट हामीले पनि सुन्ने गरेका छौं कि उनी राती मोटरसाइकलमा सवार चालकसँग पाल्पासम्म पु¥याई दिन आग्रह गर्छिन् रे अनि पाल्पा पुग्दासम्म एक्कासी गायव हुन्छिन् रे..।

बिहे सिध्याएर हामी घर फर्कियौं, नाचगान चलेको बेलामा पनि मलाई भने न्यास्रो लगिरहेको थियो, मात्र उनको मुहार अनि उनीसँग बिताएका पलहरु झलझली मेरो आँखा अगाडि नाचिरहेका थिए । भोलिपल्ट खाना खाएर करिव दिउस को ३ बजेतिर म मामाहरु सँग बिदावारी हँुदै काठमाडौँतिर लागेँ । तानसेन नेर शारदालाई पँधेरोमा पानी भर्दै गरेको देखेँ । उनी मन्द मुस्कान दिदै हात हल्लाइन्, म भने बेवास्ता गर्दै अगाडि बढेँ । बुटवल पुगेर चिया पिउन थालेँ र दुई दिन अघिका कुराहरु सम्झन थालेँ । तर, पनि गाडीको आवाजले होला म आफ्नै गन्तव्यतिर प्रस्थान गरेँ । करिव ३ घण्टाको अन्तरालमा म चितवन पुगेँ । साँझ झमकै परिसकेको थियो र हतार हतार म मुग्लिन पुगेँ । खाना खाने भनेर त्यही होटेलमा छिरँे ।

खाना खाएर म अघि बढे अनि मलेखु नेर पुग्दा एउटी युवतीले हात दिँदै मलाई बाइक रोक्ने इशारा गरिन् अनि नजिकै आएर तपाई काठमाडौं जान लाग्नु भाको हो भनेर सोधिन्..। मैले हो भने । उनले आफूलाई रातारात पुग्नुपर्ने भएकोले आफूलाई पनि काठमाडौंसम्म लैजान आग्रह गरिन् । म भने बुटवलमा कुकुरहरुले अनावश्यक भुकेको र प्रहरी जवानले भनेको कुरा सम्झिएँ ‘राति राति एक्लै एक्लै नहिडौं है फेरि किचकन्याले छल्ला नि ।’

मैले ती युवतीले आफूलाईसँगै लैजानुस् भनेको कुरा बेवास्ता गर्दै मोटरसाइकलको गति तीब्र बनाउँदै अघि बढेँ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१