ताजा अपडेट

प्रियंका र प्रदीपको रोमान्स खिच्दै सकियो ‘लिलिबिली’

          |   103 Views   |   Published Date : 30th December 2017 |

maxresdefault (1)

लन्डन, स्कटल्याण्ड हुँदै टर्कीको स्थानबुलमा पुगेर युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’को सम्पूर्ण छायांकन सकिएको छ । स्थानबुलमा प्रदीप खड्का र प्रियंका कार्की फिचरिङ गीतको छायांकनसँगै फिल्मको इन्डक्ल्याप भएको हो । फिल्मको केही प्रतिशत छायांकन भने नेपालमै हुनेछ ।

यो फिल्ममा प्रियंका, प्रदीपकी आमाको भूमिकामा रहने चर्चा चलेपनि फिल्मीखबर डटकमलाई प्राप्त तश्विरबाट के स्पष्ट हुन्छ भने पर्दामा यो जोडीको अनस्क्रिन रोमान्स हेर्न पाइनेछ । प्राप्त तश्विरमा प्रदीप र प्रियंका समुन्द्री किनार नजिक रोमान्टिक मुडमा देखिएका छन् ।
युरोपियन देशमा झन्डै ५० दिनसम्म छायांकन चलेको यो फिल्ममा प्रदीपले नव(नायिका जसिता गुरुङसँग पनि रोमान्स गरेका छन् । फिल्ममा अनुप विक्रम शाहीको पनि मुख्य भूमिका छ ।


काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । नेपाली नयाँ वर्षको अवसर पारेर यो फिल्मलाई चैत ३० गतेबाट प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१