ताजा अपडेट

सुचनामा सहजता

          |   41 Views   |   Published Date : 28th December 2017 |

सविन प्रियासन

26165193_526766657692323_4423760306136088042_n

  दाङ सञ्चारको क्षेत्रमा विकास गर्ने राम्रो जिल्लाहरुमा पर्दछ । मोफसलमा उत्कृष्ट पत्रकारिता गरिरहेको जिल्ला दाङमा सूचनाको सहज पहुँच छ । जसले गर्दा यहाँका सञ्चार माध्यमहरुले सहजरुपमा सबै खाले सूचना प्रवाह गरिरहेका छन् ।

सूचना लोकतन्त्रको आधार हो । जुन जिल्लामा सुचनामा जनताको पहुँच सहजरुपमा हुने गर्दछ । त्यस जिल्लाको गतिविधि जनमैत्री हुन्छ । यस हिसाबमा जनताको वाहककारुपमा रहेका सञ्चार माध्यमहरुमा यहाँका सरोकारवाला निकायहरुले सहजै सूचना प्रवाह गर्ने भूमिका खेल्नु राम्रो पक्ष हो ।

सूचनालाई अझ सरलिकृत गर्ने सवालमा यहाँका सबै सरकारी कार्यालयका प्रमुख र सूचना अधिकृतहरुले आउँदा दिनहरुमा कटिबद्धता देखाउने निर्णय समेत गरेका छन् । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाईमा प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटासहितको टोली सहभागि कार्यक्रममा जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख र सूचना अधिकृतहरुले सहजरुपमा सूचना प्रवाह गर्ने लिखित प्रतिबद्धता जाहेर गरेकाले जिल्लामा भोलीका दिनमा सूचना प्रवाह अझ प्रभावकारी र सहज हुनेछ भन्ने विश्वास हामीले पनि लिएका छौं ।

दाङ जिल्ला प्रदेशको राजधानीकारुपमा पनि देखा परेको छ । यस हिसाबमा सूचना प्रवाहको सवाललाई अझ प्रभावकारी बनाउने सवालमा सबैले भूमिका खेल्नुपर्छ । सर्वसाधारणले समेत चाहेको अवस्थामा कानूनले दिन मिल्ने सबै सूचना सरोकारवाला निकायले प्रदान गर्नुपर्छ । अहिलेसम्मको परिपाटी जनताले सञ्चार माध्यमहरुबाटै सबै खाले सूचना सार्बजनिक हुनपर्छ भन्ने मनशाय राखेका छन् ।

यस हिसाबले पनि कम्तिमा पनि हरेक कार्यालयका गतिविधिहरुलाई पारदर्शी बनाउने सवालमा बेलामौकामा सार्बजनिक सुनवाई गर्ने, नियमितरुपमा कम्तिमा पनि तीनतीन महिनामा पत्रकार सम्मेलन गरेर सबै सरकारी कार्यालयहरुले आफ्ना गतिविधिहरु सार्बजनिक गर्ने काम गर्नुपर्छ । यस्तो भएमा जनताले भएका कामहरुमा सन्तुष्टि देखाउने ठाउँ हुन्छ ।

अन्यथा गुपचुप राखिएका सूचनाहरुले गर्दा जनतामा नैराश्यता फैलने देखि समाजमा नकारात्मक प्रचार हुने वातावरण सिर्जना हुन्छ । प्रविधिको जमानामा आफूले गरेका गतिविधिहरु लुकाएर राख्नुको साटो सबैले थाहा पाउने काम गर्नु नै उचीत हुन्छ । यसले एकातिर काम गर्नेहरुको जाँगर बढाउँछ, भएका कमिकमजोरीहरु सच्चाउन सकिन्छ ।

प्रगतिका कुराहरुमा समेत दिनप्रतिदिन प्रगति नै हुने माहोल सिर्जन गर्न सकिन्छ । अफ्ठ्याराहरुलाई समेत समाधान गर्नका लागि सूचना प्रवाह मुख्य माध्यम हो । तसर्थ दाङ जिल्लालाई सूचनामैत्री जिल्लाकारुपमा विकास गर्नका लागि सबै सरोकारवाला निकायहरुले नियमितरुपमा सूचना प्रवाह गर्ने सवालमा जागरुक बनाउनैपर्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१