ताजा अपडेट

विकासमा सञ्चार

          |   56 Views   |   Published Date : 26th December 2017 |

सविन प्रियासन

22851782_500958986939757_4390345249599173397_n

सञ्चारको विकास तिव्ररुपमा भइरहेको छ । पत्रकारिताको विकासलाई सरसरती हेर्ने हो भने दाङ पनि मोफसलमा पत्रकारिताको राम्रो विकास भएको जिल्लामा गनिन्छ । यसको साथै राप्तीका सबै जिल्लामा सञ्चारको विकासले फड्को मारेको छ । सञ्चारको विकास हुनेक्रमसंगै दाङसहित राप्तीका सबै पहाडी जिल्लामा पनि सञ्चारले ह्वात्तै फड्को मारेको छ ।

त्यहाँको सञ्चारले यतिधेरै विकास गर्नुुको पछाडि सञ्चार क्षेत्रले सामाजिक विकासमा खेलेको महत्वपूर्ण भूमिका नै हो । सञ्चार क्षेत्रले सामाजिक उत्तरदायीत्व वहन गर्ने सन्दर्भमा खेलेको भूमिकाकै कारण पहाडी जिल्लाको चौतर्फी विकास सही तवरबाट अगाडि बढेको छ । पहाडी जिल्लामा एफएम, साप्ताहिक पत्रिकाहरु, प्रकाशित छन् भने दाङबाट प्रकाशित भइरहेका पत्रपत्रिकाले पनि पहाडी जिल्लाको विकासको लागि भूमिका खेलि रहेको अवस्था छ ।

सञ्चार क्षेत्रको तीव्र विकाससंगै पहाडी जिल्लाको समग्र विकास प्रक्रिया ह्वात्तै माथि उठेको छ । लगानी मैत्री वातावरण निर्माण गर्नेदेखि सिर्जनशील, क्रियाशील व्यक्ति, संघसंस्थाहरुको सकारात्मक चर्चा परिचर्चा गर्ने सवालमा रुकुमको सञ्चारले भूमिका खेलिरहेको अवस्था छ । यसैगरी जिल्लाको व्यथिति, ढिलासुस्ती, मनोमानी, अराजकता, अशान्ति, अमर्यादित कार्यका बिरुद्ध पनि यहाँको सञ्चारले दरिलो आवाज उठाउँदै आएको छ । यसैगरी लोकतन्त्रको पक्षमा, अग्रगमणको सवालमा पनि जिल्लाको सञ्चार सशक्तरुपमा उभिएको छ ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई जोगाई राख्न प्रेस स्वतन्त्रको सवालमा पहाडी जिल्लाको सञ्चार दरिलो खम्बाकारुपमा उभिएको छ । नागरिकलाई सर्वोपरि ठानेर आवाजहीनको आवाजकारुपमा स्थापित राप्तीको सञ्चार क्षेत्रलाई गौरवमय बनाउन अग्रजहरुले गौरवमय कार्य गरेका छन् । अग्रजहरुको गौरव बढाउन युवा पुस्ता, नयाँ पुस्ताले आफ्नो क्षमता र दक्षतालाई यसरी बढाएका छन् कि राप्तीकै पत्रकारिता चर्चा गर्न लायक बनेको छ ।

सबैले गौरव गर्न लायक दाङको पत्रकारितासंगै हातेमालो गर्दै अगाडि बढेका पहाडी जिल्लाको पत्रकारितालाई प्रभावकारी बनाउन सबै पक्षले प्रशंशनीय भूमिका खेलेका छन् । सबै जिल्लाको पत्रकारिताको नेतृत्व नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुले गरिरहेका छन् । पत्रकार महासंघको यात्रालाई जिल्लास्थित सञ्चार संगठनले आ–आफ्नो तबरबाट सहयोग गरिरहेका छन् ।

साझा संस्थाकारुपमा रहेका पत्रकार महासंघहरुको भूमिका प्रभावकारी बनाउनका लागि सबैले भूमिका खेल्नुपर्छ । जिल्लाको विकासमा सञ्चारको सहभागिता अनिवार्य हुन्छ, यसमा दुईमत छैन । सञ्चारको विकासमा पनि सबैले भूमिका खेल्न सकेको खण्डमा जिल्लाको समृद्धि छिटो हुनेछ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१