दाङ, पुस ९ । पाण्डवेश्वर महादेव मन्दिर धारपानीलाई १० वर्षभित्रमा मुलुककै पर्यटनको गन्तव्य बनाइने भएको छ । विश्वको अग्लो त्रिशुलका कारण चर्चामा रहेको धारपानीलाई अबको १० वर्षभित्र मुलुककै प्रमुख पर्यटनको गन्तव्य बनाइने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । पाण्डवेश्वर मन्दिरको अवस्था बुझ्न पुगेका शान्ति निकेतन विद्यालय घोराहीका विद्यार्थीहरुसँग कुराकानी गर्दै मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले १० वर्षभित्र धारपानीलाई पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने गुरुयोजनासहित काम भइरहेको जानकारी दिनुभयो । ब्रिटिस काउन्सिलको कनेक्टिङ क्लास रुम आई.एस.ए.प्रोजेक्ट फर ग्लोवल एजुकेशनअन्तर्गतको ‘वेलकम टु घोराही’ कार्यक्रम लिएर पुगेका विद्यार्थीहरुसँग सचिव आचार्यले ७० करोडको बिस्तृत गुरुयोजना निर्माण गरेर मन्दिरको विकासमा लागिपरेको बताउनुभयो । सरकारी निकायबाट २० करोड र दाताहरुबाट ५० करोड संकलन गरेर पूर्वाधार निर्माण गर्ने आचार्यको भनाई थियो । मन्दिर परिसरमा हालै १०८ शिवलिङ्ग, १०८ गौमुखे ढुंगेधारा, १ हजार ८ जोडा बरपिपल र ओम कुण्ड निर्माण गरिसकेको भन्दै आचार्यले हरेक महिना नयाँ संरचना निर्माण गर्दै लैजाने बताउनुभयो । ‘मुख्य मन्दिरको २ हजार ६ सय मिटरको उचाइमा रहेको भग्नावशेष मन्दिरलाई जीर्णोद्वार गर्नुका साथै उक्त मन्दिर परिसरमा ३१ क्विन्टलको घण्ट राख्ने, मन्दिरमा पुग्न ४ हजार ९ सय ६३ खुटकिलाको भ¥याङ बनाउने गुरुयोजना निर्माण गरेका छौं’, सचिव आचार्यले भन्नुभयो, ‘यी कार्यका लागि दाताहरुको सहयोग रहने छ । ५० करोड खर्च अनुमान गरेका यी पूर्वाधार निर्माणका … Continue reading शान्ति निकेतनका विद्यार्थीकोे वेलकम घोराही कार्यक्रम: ( दश वर्षभित्र धारपानीलाई देशकै पर्यटनको गन्तव्य बनाइने)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed