घुम्तीमा पुगेको कांग्रेसलाई कसले हाँक्ला ?

डिल्लिराम ढ्काल  यतिबेला कांग्रेसका कार्यकर्ताहरूको अनुहारमा निराशा एवं बिस्मातका रेखाहरू स्पष्ट देख्न सकिन्छ । लाखौं कार्यकर्ता एवं सारथीहरू चढेको रथलाई हाँक्नुपर्ने शीर्ष नेतृत्व त झन किंकर्तव्यविमूढझैं देखिन्छ । कांग्रेसले बितेका केही समययता पत्तै नपाई आफ्नो मध्यमवर्गीय आधार उल्लेख्यरूपमा गुमाइसकेको गुनासो नआएको होइन । तर, केही महिना अगाडि सम्पन स्थानीय र भर्खरै सम्पन्न संघीय एवं केन्द्रीय निर्वाचनको परिणामपछि चाहिँ उक्त गुनासाहरू आधारहीन थिए भन्ने अवस्था रहेन । तर, बिडम्बना ! निर्वाचनमा प्राप्त कमजोर परिणामले आगामी दिनमा कांग्रेसले आत्मालोचना गर्ने एवं भविश्यको बाटो पहिल्याउने उपयुक्त अवसर खोज्ने छ भन्ने विश्वास गर्नेहरूका लागि भने कांग्रेसले भरपर्दो छनक दिएको छैन । सामाजिक रूपान्तरणको दृष्टिले कांग्रेस निरन्तर परिवर्तनको पर्याय रहँदै आएको हो । अझै भन्ने हो भने नेपालका सामाजिक एवं राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा कांग्रेसले सदैव नेतृत्व प्रदान गर्दै आएको पनि हो । तर, हरेक अवसर प्राप्तिपछि कांग्रेसी नेता कार्यकर्ताहरूको आचार(व्यवहार तथा कर्मले जनताको भावना उपर धोका दिएको आम गुनासाहरू नै पार्टी कमजोर हुनुको प्रमुख कारण बन्न पुगेको सत्यलाई नकार्न सकिँदैन । यथार्थमा कांग्रेसीहरूले ०४६ सालपछि आफ्नो नैतिक पूँजी नराम्रोसँग गुमाएकै हुन् । खास गरी, लबेदा–सुरुवालमा ठाँटिएर ज्योतिषीको मुकाम धाउँदै हातभरि तान्त्रिक औंठी लगाएर शक्ति आर्जन गर्न उद्दत नेता एवं, कर्मद्वारा अवसर प्राप्ति गर्नेभन्दा पनि आशिर्वाद थाप्न नेताको दरबार धाउने प्रवृत्ति बोकेका कार्यकर्ताहरू नै नेपाली … Continue reading घुम्तीमा पुगेको कांग्रेसलाई कसले हाँक्ला ?