ताजा अपडेट

स्वास्थ्य क्षेत्रमा छलाङ

          |   53 Views   |   Published Date : 25th December 2017 |

सविन प्रियासन

972111_523133161389006_9018547353757778741_n

  सबै जसो क्षेत्र दिनप्रतिदिन राम्रो हुँदै गइरहेको समयमा स्वास्थ्य क्षेत्रमा पनि दाङले अभूतपूर्व विकास गरेको छ । दाङमा सरकारी र व्यक्तिगत तर्फ राम्रा स्वास्थ्य संस्थाहरु स्थापना भएका छन् । घोराहीमा रहेको उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण भएको छ ।

तुलसीपुरमा पनि अञ्चल अस्पताल छ भने निजि क्षेत्रबाट पनि एकसेएक अस्पतालहरु सञ्चालनमा छन् । जेहोस्, क्रमशः यहाँका अस्पतालहरुले नाम अनुसारको सेवा दिने सवालमा आफूलाई स्थापित बनाउने भूमिका खेलि रहेका छन् ।

सबै अस्पतालहरुले आफूलाई भौतिक पूर्वाधार सम्पन्न बनाउनुका साथै अत्याधुनिक उपकरणहरु र दक्ष जनशक्ति व्यवस्थापनमा पनि ध्यान दिइरहेका छन् । सरकारले पनि अस्पतालहरुको चौतर्फी विकासका लागि मोटो रकम बिनियोजन गरेको छ । उपक्षेत्रीय अस्पताल (राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान) र अञ्चल अस्पतालसहित अन्य स्वास्थ्य संस्थाहरुको चौतर्फी विकास हुन सक्यो भने जनताले प्रभावकारी स्वास्थ्य सेवा पाउनेछन् ।


स्वास्थ्य सेवा पाउनु जनताको नैसिर्गीक अधिकार हो । तर कतिपय समयमा बजेटको अभाव अनि कुशल नेतृत्वको कमिले अस्पतालमा चाहे अनुसारको सेवा सेवाग्राहीले पाईरहेका हुँदैनन् । तसर्थ बजेट बिनियोजनमा सम्बन्धित सरोकारवाला निकाय र अस्पतालको सेवालाई राम्रो बनाउने सवालमा अस्पताल व्यवस्थापन समिति र प्रशासनले विशेष योजना बनाएको खण्डमा सेवामा कुनै पनि किसिमको गुनासो सुन्न नपर्ने अवस्था सिर्जना हुनेछ ।

राप्ती उपक्षेत्रीय अस्पतालको विकासका लागि धेरै व्यक्तिहरु लागि परेका छन् । पछिल्लो समयमा डा. जनादर्न पन्थीको नेतृत्वले उपक्षेत्रीय अस्पतालको विकासमा महत्वपूर्ण कार्य गरेको छ । यसका लागि उपक्षेत्रीय अस्पतालको विकासमा खटिएका सबैसबै बधाईका पात्र छन् । नाम अनुसारकै प्रभावकारी सेवा दिने सवालमा अब कुनै पनि किसिमको बाहनाबाजी अस्पतालको तर्फबाट जनताले सुन्न नपरोस् । दाङ राजधानी बन्न लागि रहेकाले पनि यहाँको स्वास्थ्य क्षेत्रको सेवा राम्रो हुनुपर्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१