ताजा अपडेट

स्वं विकासप्रेमी गजराज शर्माको स्मृतिग्रन्थ लोकार्पण

          |   189 Views   |   Published Date : 24th December 2017 |

 

25993442_825585007626572_2119033887_o

  दाङ, पौष ९ । दाङका विकासप्रेमी गजराज शर्माको स्मृतिग्रन्थको लोकार्पण गरीएको छ । जिल्लाका पुराना विकासप्रेमी नेताको रुपमा छवि बनाउनु भएका शर्माको बार्षिक पुण्यतिथीको अबसर पारेर शर्माको स्मृतिमा तयार पारिएको ग्रन्थलाई आईतबार लोकर्पण गरीएको हो ।

वि.सं १९८९ भदौ २७ गते प्यूठानको उदयपुरमा जन्मिएका शर्माको २०७३ साल पौष ९ गते निधन भएको थियो । शिव विन्दबासिनी मन्दिर व्यवस्थापन समिति घोराही १७ पनौराका अध्यक्ष कुलराज अधिकारीको अध्यक्षता तथा शर्माको प्रियसाथी एकराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरी ग्रन्थको लोकार्पण गरीएको हो ।

गुरुप्रसाद शर्मा रेग्मी, नारायण तर्ताल, विनोद पोख्रेल, चन्द्रराज पन्त र सुदीप गौतम सम्पाद मण्डल रहेको स्मृती ग्रन्थमा ३३ जना विभिन्न क्षेत्रका ब्यक्तिहरुले गजराज शर्माको बारेमा चित्रण गर्नुभएको छ । साथै ग्रन्थमा शर्माको परिचय, उहाले लेख्नुभएका कविताहरु, पारिवारीक तस्वीरहरु, सम्मानपत्रहरु लगाएतका विषयहरु राखिएको छ ।

शिव विन्दबासिनी मन्दिर व्यवस्थापन समिति घोराही १७ पनौरामा शर्माले स्थापना गरेको अक्षयकोषमा शर्माका छोरा नारायण अधिकारील थप २५ हजार रुपैया हस्तारन्तरण गर्नुभयो भने पद्योदय पब्लीक माविबाट उत्कृष्ठ शिक्षकलाई दिईने पुरस्कारमा २५ हजार थप रकम हस्तारन्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका ब्यक्तिहरुले गजराज शर्माले जिल्लाको विकासका लागि पुर्याएको योगदानको चर्चा गर्दै उहाको स्मरण गरेका थिए ।

छोरा नारायण अधिकारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्मृती ग्रन्थ सम्पादक मण्डलका सदस्य सुदीप गौतमले गर्नुभएको थियो । प्युठानको उदयपुरबाट २०१८ सालमा दाङ झर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१