ताजा अपडेट

सुवेदीद्वारा वातावरण सम्बन्धी पत्रकारिता पुरस्कार स्थापना

          |   262 Views   |   Published Date : 24th December 2017 |

 

25975689_525361407832848_833601565_n

घोराही पुस ९ । साहित्यकार, समाजसेवी, लेखक घोराही निवासी भुपेन्द्र सुवेदीले वातावरण क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई पुरस्कृत गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ दाङ शाखामा पुरस्कार स्थापना गर्नु भएको छ ।

सुवेदीले आफू र श्रीमती राधा सुवेदीको नाममा ५० हजार बराबरको अक्षयकोष स्थापना गर्नु भएको हो । सुवेदीले भुपेन्द्र राधा पत्रकारिता पुरस्कारका लागि आइतबार २६ हजार रुपैयाँ पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनलाई हस्तान्रण गर्नु भएको छ ।

बाँकी रकम केही दिनभित्रै महासंघमा थप रकम प्राप्त भएपछि अक्षयकोषकारुपमा वैंकमा राखिने महासंघका अध्यक्ष प्रियासनले जानकारी दिनुभयो । पत्रकार महासंघमा वातावरण सम्बन्धी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष पहिलो पटक राखिएको छ । यसका लागि पत्रकार महासंघले सुवेदी परिवारप्रति आभार प्रकट गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१