ताजा अपडेट

फूलैफूलको सहर

          |   131 Views   |   Published Date : 24th December 2017 |

23231424_504399926595663_6218523791795350865_n

  युवाहरु सहभागि भएको असल समाज दाङले जिल्लाका सबै सहरहरुलाई फूलैफूलको सहर बनाउने उद्देश्यले अभियान सुरु गरेको छ । घोराहीबाट सुरु भएको यो अभियान सफलताका साथ अगाडि बढेमा जिल्लाका अन्य क्षेत्रहरुमा पनि फैलाउने सोँच समूहको छ ।

जेहोस्, युवाहरुको सक्रियतामा राम्रो कार्यको थालनी भएको छ । यही नै सबै भन्दा ठूलो कुरा हो । चारैतिर फूलहरु भएमा स्वाभाविकरुपमा यसले धेरै कुरालाई राम्रो गर्नेछ । घर आँगनको स्वभा बढाउनुका साथै सहरको सौन्दर्यता बढाउने सवालमा पनि यो अभियानले काम गर्नेछ । यसका सार्थ पर्यटकहरुलाई जिल्लामा भित्राउने कुरामा पनि यो अभियान कोशे ढुंगा बन्न सक्छ ।

हर कोही चाहन्छ, आफू बसेको ठाउँ सुन्दर होस्, मनमोहक होस् । यस्तो भएमा मानिसहरुको आवतजावत समेत ती ठाउँहरुमा बाक्लिनेछ । सुन्दर ठाउँमा बस्न पाउँदा सोँचहरु पनि सुन्दर र उद्देश्यमुलक हुनेछन् ।
फूल हरेक कोणबाट राम्रो बस्तु हो । यसलाई मानिसको सुखदुःखसँग पनि गाँस्ने गरिन्छ । तसर्थ युवाहरुको सोँचलाई हामी सबैले सकारात्मकरुपमा लिनुपर्छ । सहरका हरेक घरका अगाडि फूलहरु भएमा स्वाभाविकरुपमा सहरको सौन्दर्यता बढ्नेछ ।

वातावरण समेत प्रदुषण हुनबाट जोगिनेछ । फूलहरु भएको ठाउँमा फोहोर समेत कम हुने भएकाले सरसफाईमा समेत यसले ठूलो भूमिका खेल्न सक्छ । असल समाज दाङले वास्तवमै नाम अनुसारको कामको थालनी गरेको छ ।

यसले सुरु गरेको महान अभियानमा सबैको साथसहयोग हुन सक्यो भने छिटो भन्दा छिटो यो अभियान सार्थक हुनेछ । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने परिपाटीको विकास गर्नैपर्छ । असल समाजले आउँदा दिनहरुमा सिर्जनशील सोँचसहित युवाहरुलाई काम काजी बनाउने सवालमा नेतृत्व गरोस् । दाङलाई फूलैफूलको जिल्ला बनाउने सवालमा यो अभियानमा जोडिएका, जोडिन चाहेका सबैसबैलाई बधाई एवं शुभकामना ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१