सुशासन र सदाचार बढाए विकास सम्भब
दलित महिला संघ दाङ शाखाले आयोजना गरेको स्थानिय तहमा सुशासन सम्बन्धी दुई दिने तालिम उद्घाटन कार्यक्रममा बोल्दै त्यसक्षेत्रका विभिन्न ब्यक्तीहरुले नमुना गाउँपालिका बनाउन सुशासन, भ्रष्टाचार न्युनिकरणमा ध्यान दिन आबस्यक रहेको बताएका हुन् ।
दलित महिला संघका कार्यक्रम संयोजक पोषण सेन्चुरीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीको प्रमुख आतिथ्यता, दलित महिला संघका केन्द्रिय कार्यक्रम निर्देशक भरत नेपाली र गाउँपालिकाका उपाध्यक्ष जगदम्वा चौधरीकोविशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।
नामसालिङ सामुदायीक विकास केन्द्रको सहयोग र राप्ती गाउँपालिकाको समन्वयमा भएको तालिममा जनप्रतिनिधी, स्थानिय सरोकार निकायका प्रतिनिधिहरु सहित २७ जना सहभागि छन् । दुई दिने तालिममा अधिकारकर्मी निर्मल नेपाली प्रशिक्षक रहनु भएको छ । कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक सन्तोष चनाराले गर्नुभएको थियो ।
दलित महिला संघले राप्ती गाउँपालिकाका जनप्रतिनिधिहरु, स्थानिय राजनितीक दलका प्रतिनिधिहरु र स्थानिय सरोकारवाला निकायहरुलाई विभिन्न विषयमा तालिम प्रदान गर्दै आईरहेको छ ।


Leave a comment