ताजा अपडेट

श्रीगाउँमा ब्राह्मकुमारी बिद्यालयको भवन शिलान्याश

          |   110 Views   |   Published Date : 21st December 2017 |

 

25590228_707838706082022_739852162_o

घोराही, ५ पुस । ब्राह्मकुमारी ईश्वरीय विश्वविद्यालयको भवन आज श्रीगाउँमा शिलान्याश गरिएको छ । भवनको प्रदेशसभा सदस्य उत्तरकुमार वलीले शिलन्याश गर्नुभएको हो ।

दंगीशरण निवासी डोलनाथ योगीले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएपछि उक्त जग्गामा भवनको शिलन्याश गरिएको हो । भवनको शिलन्याश गर्द प्रदेशसभा सदखस्य उत्तरकुमार वलीले भौतिक र आध्यात्मबाद एक अर्काको परिपुरक रहेको बताउनुभयो ।भौतिक र आध्यात्मले सृष्टि चलाएको भन्दै सदस्य वलीले ब्राह्मकुमारीको कामप्रति प्रसंशा गर्नुभयो ।

ब्राह्मकुमारी ईश्वरीय विश्वविद्यालय राप्ती क्षेत्रकी सञ्चालिका गीता दिदीको अध्यक्षता तथा प्रदेशसभा सदस्य वलीको प्रमुख आतिथ्यता एवं दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीको विशिष्ट आतिथ्यताका कार्यक्रम भएको हो ।दुई तले भवन करिव ८२ लाख ५८ हजारको लागतमा निर्माण गरिएको बताइएको छ ।

चार कोठा र एक वटा हल कोठासहित भवन निर्माण सुरु गरिएको छ । ब्राह्मकुमारी विश्वविद्यालय तुलसीपुर सेवा केन्द्रकी सञ्चालिका अनिताको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण माधव तिमिल्सिनाले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१