राजनीतिक गतिरोध केही दिनमै अत्य हुन्छ ः महरा
दाङ, पौष ५ । नेकपा माओवादीका वरिष्ठ नेता कृष्णबहादुर महराले राष्ट्रिय सभा गठन विद्येयक राजनितिक सहमतिवाट टुङ्गो लाग्ने बताउनुभएको छ । राष्ट्रपति समक्ष सरकारले पेश गरेको विद्येयक केही दिनमा नै टुङ्गो लाग्ने र राजनितिले नयाँ मोड लिने उहाँको विश्वास रहेको छ ।
उहाँले अवको केही दिन भित्रमा नयाँ सरकार गठनको प्रकृया देखि विभिन्न राजनितिक मुद्धाहरुको छिनो फानो हुने समेत बताउनुभयो । वुधवार तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले नेकपा एमाले, माओवादी विच पार्टी एकीकरणको काम पनि संग संगै अगाडि बढेको समेत बताउनुभयो । ‘अव निर्वाचन पनि सकीएको छ, समानुपातिकको पनि अन्तीम मतपरिणाम आइसेको छ, अव राजनितिले नयाँ मोड लिने छ’ – महराले भन्नुभयो ।’ उहाँले राजनितिक सहमति विना कुनैपनि राजनितिक एजेण्डाहरु सफल नहुने भन्दै सहमति र सहकार्य विना नेपालको विकाश हुन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘सहमतिको विकल्प छैन् हामी सवै मिलेर यो देशलाई विकाश गर्नु हो यहाँहरु कसैले होइन विकाश गर्ने ।’ उपप्रधानमन्त्री समेत रहनुभएको महराले भन्नुभयो – ‘राजनितिक दलहरु विच एकता र सहकार्यले मात्र देशमा अव आर्थिक समृद्धि र विकाशले गति लिन्छ, अव विकाशलाई कसैले पनि रोक्न सक्दैन ।’ उहाँले नेपाली जनताको चाहना देशमा समृद्धि र विकाश रहेको भन्दै अव विकाशमा स्थायीत्व आवश्यक रहेको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य महराले अर्को प्रसंगमा बोल्दै प्रदेश नं ५ को राजधानी दाङ हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो ‘प्रदेश नम्वर ५ को राजधानी दाङ हुन्छ यदि त्यो भएन भने अर्को प्रदेश थपेर भएपनि राजधानी बन्छ बन्छ तपाईहरु ढुक्क हुनुहोस ।’ उहाँले दाङको भालुवाङ्ग होस वा हापुरे जहा भएपनि राजधानी दाङमा हुने बताउनुभयो । उहाँले तुलसीपुरमा रहेको एयरपोटको समेत निरक्षण गर्नु भएको थियो ।
त्यस पछि पत्रकारहरु संग कुरा गदै महराले अहिलेकै संरचनामा हप्तामा दुईबटा उडानहरु जसरी भएपनि सञ्चालन गर्न आफ्ुले पहल थालेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘तपाईहरु ढुक्क हुनुहोस यो विमान स्थलमा अव केही दिनमा जहाज आउछ, त्यसको पहलमा लाग्गेका छौं ।’ त्यसैगरी उहाँले दाङको समग्र विकाशका लागि आफुले विगतमा जस्तै पहल गरिराखेको समेत बताउनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रमका निर्वतमान अध्यक्ष विमल रिजालले दाङ प्रादेशिक राजधानी, एयरपोट सञ्चालन र इन्धन डिपो स्थापनाका लागि यस क्षेत्रका जनताले उपप्रधानमन्त्री महरा संग धेरै अपेक्षा र आशा राखेको भन्दै तत्काल पहलका लागि निरन्त्रता दिन समेत आग्रह गर्नु भएको छ । कार्यक्रको सहजीकरण उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार एव रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले गर्नु भएको थियो ।


Leave a comment