दाङलाई प्रादेशिक राजधानी बनाउन दबाब समिति
समितिका सहसंयोजकमा नागरिक समाज क्षेत्र नम्बर ३ का सयोजक डिल्लीबहादुर रावत रहनुभएको छ । समितिले शुक्रबार बेलझुण्डीमा जिल्लास्तरीय दबाब कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । समितिका सदस्यहरुका चित्रा धिताल, गोकर्ण पौडेल, लेखनाथ खत्री, केशव पौडेल, शेरबहादुर खडका, रेश्मीराज खडका, बालकृष्ण रेग्मी, लोकबहादुर वली, तुलाराम भण्डारी, लालबहादुर गिरी, शिवानन्द डाँगी, ताराबहादुर केसी, शेषमणि कुवर, रामबहादुर दहित, गिरीराज नेपाली, ज्ञानबहादुर केसी रहनुभएको छ ।
कार्यक्रममा जिल्लाका तिन वटै प्रतिनिधि सभाका सदस्य तथा प्रदेश सभाका सदस्यहरुलाई समेत आमन्त्रण गरिने जनाइएको छ । दाङ जिल्ला सुरक्षा, भौतिक अवस्था , खानेपानी र पाँच नम्बर प्रदेशका जिल्लाहरुको समदुरी जिल्लाकारुपमा दाङ जिल्ला रहेको भन्दै सरकारलाई तत्काल अस्थायी मुकाम तोक्नका लागि दबाब मुलक कार्यक्रम जारी राख्ने समितिका संयोजक मुकेश वलीले बताउनुभयो ।



Leave a comment