ताजा अपडेट

विद्यार्थीले बनाए अचम्म लाग्दा विद्युतिय यन्त्रहरु

          |   116 Views   |   Published Date : 20th December 2017 |

 

25592957_823776454474094_1550467368_o

  दाङ, पौष ५  । दाङ घोराहीको लिटिल एञ्जलका विद्यार्थीहरुले विज्ञान प्रर्दशनी गरेका छन । बुधबार घोराही स्थित आफ्नै विद्यालयमा उनिहरुले आफैले आविस्कार गरेका विभिन्न उपकरणहरु प्रर्दशनी गरेका हुन् ।

 

घर वरपर खेर गैरहेका विभिन्न बस्तुहरुको प्रयोग गरी निर्माण गरेका विद्युतिय यन्त्रहरुलाई उनिहरुले प्रर्दशनीमा राखेका हुन् । कक्षाको पाठ्यपुस्तक भित्र रहेका विभिन्न सिद्धान्तमा आधारित रहेर निर्माण गरीएका यन्त्रहरु प्रर्दशनीमा राखेर उनिहरुले आफ्नो क्षमता र सिपको समेत प्रर्दशन गरे । पाठ्यक्रममा रहेका विषयलाई घोकेर, रटेर अध्ययन गर्नु भन्दा पनि प्रयोगात्मक रुपमा विद्यार्थीहरु सामग्रीहरु निर्माण गरेर नै अध्ययन गर्दै आएका छन । त्यसक्रममा आविस्कार गरीएका सामग्रीहरुको प्रर्दशन गर्ने व्यवस्था मिलाईएको विद्यालयका प्रिन्सीपल यादव गिरीले बताउनुभयो ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले भ्याकुम क्लिनर, हाईड्रोलिक डोजरको नमुना, विद्युतिय घण्टी, विद्युतिय पानी घण्टी, ड्रोन, हाईड्रोलिक लिफ्ट, एअर कुलर, हेयर ड्रेसर, फ्यान, वाटर हिटर, वाटर पम्प, फिल्टर, मोटर, हिटर लगाएतका विभिन्न सामग्रीहरुको आविस्कार गरेका थिए ।

लिटिल एञ्जलको आयोजना तथा विद्यालयको विज्ञान व्यवस्थापन शाखाको समन्वयमा भएको विज्ञान प्रर्दशनीमा राखिएका यन्त्रहरुको शिक्षा निकायका प्रतिनिधि तथा पत्रकारहरुले अबलोकन गरेका थिए । विद्यालयका भाईस प्रिन्सीपल विमलकुमार श्रेष्ठको अध्यक्षता तथा स्रोत व्यक्ति रामप्रसाद जैशीको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमको आयोजना समेत गरीएको थियो ।

 

कार्यक्रममा पत्रकार गोविन्द खड्का, केपि पौडेल र रामप्रसाद जैशीको निर्णायक टोलीले विद्युतीय पानी घण्टीलाई प्रथम, पानी शुद्धिकरण गर्ने मेसिनलाई द्धितिय र पेन्सील लिडको प्रयोग गरी बालिएको बत्तिलाई तृतिय र भ्याकुम क्लिनरलाई सान्त्वना घोषणा गर्नुभएको थियो ।

विद्यालयका विज्ञान शाखाका प्रमुख कृष्णप्रकाश बुढाथोकीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको बारेमा विद्यालयका प्रिन्सीपल यादव गिरीले जानकारी गराउनु भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक समथिङ सेन ठकुरीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१