पत्रकार महासंघको रजत जयन्ती सम्पन्न
दाङ, पौष ४ । दाङका अगुवा पत्रकारहरुले जिल्लामा हुँदै आएको पत्रकारिताको समिक्षा गर्नुपर्ने बताएका छन । नेपाल पत्रकार महासंघ दाङ शाखाको २५ औ स्थापना दिवस तथा रजत जयन्तीको अबसरमा आयोजित कार्यक्रममा बोल्दै जिल्लाका अगुवा पत्रकारहरुले पत्रकारिताको समिक्षा गर्न आबस्यक रहेको बताए ।
पत्रकार महासंघ दाङका सस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले नेपालमा ऐतिहासिक रुपमा हुँदै आएका परिवर्तनहरुलाई अगाडी बढाउनको लागि निर्भिक रुपमा चलेको पत्रकारितालाई अहिलेको सहज परिस्थितीमा कमजोर बनाउन नहुने बताउनुभयो । विषम परिस्थितीको समयमा लोकतन्त्रका लागि लडेको दाङको पत्रकारीतालाई अहिले आएर झन सस्थागत र बलियो बनाउन सबै लाग्न आबस्यक रहेको बताउनुभयो ।
शाखा अध्यक्ष सविन प्रियासनको अध्यक्षता तथा सस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा बोल्दै शर्माले अबको पत्रकारिबता विकास र समृद्धिको पक्षमा हुन आबस्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब उदय जिएमले समाजको परिवर्तनका लागि निस्पक्ष रुपमा कलम चलाउने, आफुले गरेको पत्रकारिताको समिक्षा गर्न आबस्यक रहेको उहाको भनाई थियो ।
कार्यक्रममा प्रेस स्वतन्त्रा सेनानी शुसिल गौतम, पुर्वकेन्द्रिय सदस्य अजयदिप शर्मा, सल्लाहकार दुर्गालाल केसीले अहिलेको पत्रकारीता चुनौतीपुर्ण बन्दै गएको भन्दै त्यसलाई भरपर्दो रुपमा विकास गर्न अहिलेका पत्रकारहरु नै जिम्मेवार रहेको उहाको भनाई थियो । सामाजिक सञ्जाललाई आधार मानेर हुने पत्रकारिताका कारण राम्रो गर्दै आएका पत्रकारहरुलाई समेत लज्जित हुने अबस्था आएको उहाहरुको भनाई थियो । दाङको पत्रकारिता उत्कृष्ट पत्रकारिताको रुपमा मानिदै आएको भए पनि यसलाई थप सुधार गर्न आबस्यक रहेको भनाई थियो ।
कार्यक्रममा अगुवा पत्रकारहरु केपि घिमिरे, बसुन्धरा गौतम, लक्ष्मी आचार्य, प्रकाश चौधरीले पत्रकारहरु सामाजिक विकासको आधारको रुपमा रहेको, समाजलाई परिवर्तन गर्नका लागि थुप्रै मुद्धाहरुलाई उठाएर सस्थागत गरेको स्मरण गर्दै तर पत्रकारहरुका आफ्नै मुद्धाहरुको बारेमा समेत अब उठाउन आबस्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्ने विभिन्न राजनितीक दलका प्रतिनिधीहरुले जनताको विस्वासलाई नघट्ने गरी पत्रकारितालाई अगाडी बढाउन आग्रह गरेका छन । नेकपा एमालेका सुरामणी बेल्बासे, नेपाली काँग्रेसका सचिब शंकर डाँगी, नेकपा माओबादी केन्द्रका नारायणी शर्मा लगाएतले बोल्ने पत्रकारिता देशको चौथो अंगको रुपमा रहेको भन्दै समाज विकासमा धेरै कामहरु अझै बाकि रहेकाले पत्रकारिता त्यसको महत्वपुर्ण खम्बाको रुपमा रहेको उहाहरुको भनाई थियो ।


Leave a comment