ताजा अपडेट

कविता संग्रह बेचेर बृद्धबृद्धाहरुलाई सहयोग

          |   202 Views   |   Published Date : 20th December 2017 |

 

1911404._UY630_SR1200,630_

  दाङ, पौष ४ । कवि तिलक अधिकारीको कविता संग्रह हिमाल चढ्ने पाईलाहरुको विक्रिबाट आएको रकमले बृद्धबृद्धाहरुलाई न्यायो कपडा सहयोग गरीएको छ । ज्ञानसिन्धु माध्यमिक विद्यालय घोराहीका विद्यार्थीहरुको पहलमा १९ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा सहयोग गरीएको हो ।

 

कलेजका कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीहरुले घोराही उपमहानगरपालिका तेरौटे स्थिति वृद्धाश्रममा पुगेर एक कार्यक्रमको आयोजना गरी १९ जना वृद्धवृद्धाहरु मध्ये ९ जना वृद्धालाई जाडोमा लगाउने चौबन्दी र १० जना वृद्धलाई सुइटर बाँडेका हुन् । नेपाली विषयका शिक्षक कवि एवम् साहित्यकार तिलक अधिकारीको २०७१ सालमा प्रकाशित कविता सङ्ग्रह हिमाल चढ्ने पाइलाहरु कविता सङ्ग्रहको विक्रिबाट उठेको रकम वृद्धवृद्धाको लागि खर्च गरेको विद्यार्थीहरुले बताएका छन ।

 

कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु निम वि.क. र विक्रम खड्काको पहलमा तथा विद्यालयको सहयोगमा कार्यक्रम भएको थियो । कक्षा ११ र १२ मा अध्ययनरत करिव २० जना विद्यार्थीको उपस्थितिमा भएको कार्यक्रमको क्याम्पस प्रमुख हुकुम बुढाथोकीले विद्यार्थीहरुले गरेको कार्य प्रशंसनीय भएको भन्दै अगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यमा लाग्न आग्रह गर्नुभयो ।

अगामी दोस्रो कार्यक्रम अन्तर्गत घोराही १५ मा रहेको बाल मन्दिरका अपाङ् विद्यार्थीलाई सहयोग गर्ने बताएका छन । यस्तै विद्यार्थीहरुको यस्तो सामाजिक काममा स्कूल प्रशासनको पूर्ण साथ रहने कुरा क्याम्पस प्रमुख हुकुम बुढाथोकीले बताउनु भएको छ । कार्यक्रमको सहजीकरण विद्यार्थी निम वि.कले गर्नु भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१