ताजा अपडेट

प्रलेसको रजत महोत्सब सम्पन्न

          |   23 Views   |   Published Date : 18th December 2017 |

 

25530165_822934277891645_2084982102_n

  दाङ, पौष ३ ।  प्रगतीशिल लेखक संघ दाङले रजत महोत्सब मनाएको छ । घोराहीमा एक कार्यक्रमको आयोजना गरी प्रगतीशिल लेखक संघले २५ स्थापना दिवस तथा रजत महोत्सब मनाएको हो ।


प्रगतीशील साहित्यकार तथा प्रगतीबादी लेखकहरुको एक मात्र साझा सस्था प्रगतीशिल लेखक संघको दाङ शाखाले रजत महोत्सब मनाउन सफल भएको हो । महोत्सबको अबसरमा प्रगतीशील लेखक तथा साहित्यकारहरुलाई पुस्कृत तथा सम्मान ब्यक्त गरेको छ ।
संघले चार जनालाई पुस्कृत गरेको छ भने एक जनालाई सम्मान गरेको छ । यसवर्षको प्रगतीशिल साहित्य पुरस्कार प्रगतीशिल लेखक संघका केन्द्रिय सदस्य समेत रहनु भएका कवि यज्ञबहादुर डाँगीलाई प्रदान गरेको छ । कवि डाँगीलाई १० हजार रुपैया सहितको पुरस्कार प्रदान गरेको हो भने चिन्तामणी जमुना साहित्य पुरस्कार प्रगतीशिल लेखक संघका केन्द्रिय उपाध्यक्ष पद्यप्रसाद शर्मालाई प्रदान गरेको छ । सो पुरस्कारको रासी पनि १० हजार रहेको छ ।


यस्तै अनन्त टीका प्रतिभा पुरस्कार साहित्यकार प्रमोद धिताललाई प्रदान गरेको छ जस्को पुरस्कार रासी ५ हजार रहेको छ भने गोविन्द चिस सर्जक पुरस्कार गीतकार प्रकाश केसीलाई प्रदान गरेको छ । जस्को पुरस्कार रासी दुई हजार पाँच सय रहेको छ ।
यस्तै राप्तीको साहित्यलाई सस्थागत रुपमा संरक्षण गर्दै आउनु भएका राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनाललाई प्रगतीशिल लेखक संघले सम्मान गरेको छ । संघका अध्यक्ष शरद अधिकारीको अध्यक्षता तथा बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा गुरुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले समाजको परिवर्तनलाई साथ दिदै आएको प्रलेसले २५ बसन्तमा प्रबेश गर्नु सुखद विषय भएको बताएका छन ।
पुरस्कृत तथा सम्मानित ब्यक्तिहरुको बारेमा पुर्वअध्यक्ष केशब थापा, उपाध्यक्ष डिल्ली मल्ल र सल्लाहकार टीकाराम उदासीले जानकारी गराउनु भएको थियो । कार्यक्रमको सहजीकरण सचिब खगेश्वर भण्डारीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१