रजत महोत्सवको पूर्वसन्ध्यामा सरसरफाई

दाङ, पौष १ । तुलसीपुर उद्योग वाणिज्य संघको २४ औं साधारण सभा एवं रजत महोत्सवका अवसरमा आज शनिवार राप्ती अञ्चल अस्पतालमा सरसफाई अभियान सम्पन्न गरेका छ ।   विगत एक महिना देखि राप्ती अञ्चल अस्पतालमा जारी नमूना सरसफाई अभियानमा हातो मालो गर्न अस्पताल परिसरमा पुगेर उद्योगी, व्यवसायीहरुले सरसफाई गरेका हुन । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतको नेतृत्वमा सरसफाई अभियान सम्पन्न भएको हो । यता तुलसीपुर उद्योग वाणिज्य संघले आईतवार विहान दश वजे संघको सभाहलमा रजत महोत्सव , संघका गतिविधि र तयारीका वारेमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्न लागेको संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनुभयो । रोट्रयाक्ट क्लव अफ तुलसीपुरको मुख्य आयोजनामा एक सय दिनको सरसफाई अभियान राप्ती अञ्चल अस्पतालमा जारी रहेको छ । नमूना सरसफाई अभियान अन्तरगत पूर्ण सरसफाई, मर्मत संभार, पुष्प क्यारी, बृक्षारोपन तथा अस्पताललाई आकर्षण बनाउने अभियान अन्तरगत प्रत्येक शनिवार अपरान्ह चार वजे देखि अभियान थालिएको क्लवका अध्यक्ष सचिन पौडेलले जानकारी दिनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघ लगायत स्थानिय निकाय र विभिन्न संघ संस्थाहरको सहयोगमा जारी सरसफाई अभियान लाई नमूनाको रुपमा विकास गरेर अस्पताललाई सफा र सुन्दर बनाउन आफूहरु लागि परेको रोट्रयाक्ट क्लवका पूर्व अध्यक्ष विनिल के.सी.ले जानकारी दिनुभयो । Facebook Comments