प्रलेश दाङको स्थापना दिवस पौष ३ गते
दाङ, पौष १ । प्रगतीशील लेखक संघ नेपाल दाङले आफ्नो २५ औ स्थापना दिवस घोराहीमा मनाउने भएको छ । यहि पौष ३ गते घोराही स्थित राप्ती साहित्य परिषद्को सभाहलमा कार्यक्रमको आयोजना गरी २५ औ स्थापना दिबस घोराहीमा मनाउने भएको हो । विभिन्न श्रष्टाहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्दै स्थापना दिवस मनाउने भएको हो । त्यसको लागि सम्पुर्ण तयारी तिव्र पारिएको प्रगतीशिल लेखक संघका जिल्ला अध्यक्ष शरद अधिकारीले जानकारी दिनुभयो । साथै कार्यक्रम तयारीका लागि शनिबार घोराहीमा प्रलेशको बैठक समेत बसेको छ । अध्यक्ष अधिकारीको अध्यक्षतामा बसेको बैठकले मञ्च व्यवस्थापनमा सहसचिब नवीन अभिलाषी, प्रमाणपत्र तथा सम्मानपत्रको व्यवस्थापनका लागि सचिब खगेश्वर भण्डारी र आर्थिक व्यवस्थापनका लागि कोषाध्यक्ष छविलाल कोपिलालाई जिम्मेवारी तोकिएको छ । साथै बैठकले राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाललाई स्थापना दिवसको अबसरमा सम्मान गर्ने निर्णय समेत गरेको छ । साथै यसअगाडी प्रतिभा छनौट समितिले गरेको निर्णयानुसार विभिन्न श्रष्टाहरुलाई पुरस्कृत गर्ने र बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने निर्णय गरेको छ । साथै कार्यक्रममा उपस्थितीका लागि अध्यक्ष शरद अधिकारीले सम्पुर्ण साहित्यकार, साहित्यअनुरागीहरुलाई अनुरोध समेत गर्नुभएको छ । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed